२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

घर प्लास्टर गर्दा खसेर एक मजदुरको मृत्यु

Logo
प्रकाशित बिहिबार, मंसिर २२, २०७९

घर प्लास्टर गर्ने क्रममा खसरे पाल्पाको रामपुरमा एक जना मजदुरको मृत्यु भएको छ ।  बिहीबार रामपुर नगरपालिका–५, बेझाडस्थित दुर्गा केसीको चार तले पक्की घर प्लास्टर गर्ने क्रममा घरमाथिबाट खसेर पर्सा छिपहरमाई वडा नं. ३ मंगलापुरका २५ वर्षीय गजेश कुसुहवाको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।घर प्लास्टर गर्ने क्रममा खसेर घाइते भएका कुशवाहालाई उपचारका लागि रामपुर अस्पताल पठाएको थियो । यद्यपि रामपुर अस्पतालमा समेत कुसुहवाको उपचार हुन नसकेपछि थप उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरिएको थियो । उक्त अस्पतालमा उपचारको क्रममा घाइते कुसुहवाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।