२६ साउन २०८२, सोमबार
11-08-2025 , Mon
×

प्रहरीले लागु औषधसहित ५ जनालाई पक्राउ गरेको छ

Logo
प्रकाशित शुक्रबार, मंसिर २३, २०७९

मकवानपुरको मनहरी र सर्लाहीको कबिलासी गाउँपालिकाबाट प्रहरीले लागु औषधसहित ५ जनालाई पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट पक्राउ पर्नेमा सोही गाउँपालिका–७ बस्ने ३५ वर्षीय हरिकृष्ण अधिकारीसहित दुईजना छन् । आरोपीहरुको साथबाट गाँजाको धुलो ३८ केजी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।सर्लाहीबाट कबिलासी नगरपालिका–१० सलेमपुर बस्ने ४५ वर्षीय शिवनारायण रायसहित ३ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट गाँजा ३ सय ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । रायले आफ्नै भैसी फर्ममा गाँजा बिक्री गरिरहेको सुराक पाएपछि प्रहरी चौकी कबिलासीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । आरोपीहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् । उनले आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै बचतकर्ताको बचत फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको तर्क गर्दै आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग […]

नेपालगन्जको मुख्य बजारमा छाडा सुंगुरको बिगबिगी ठुलो दुर्घटनाको उच्च जोखिम खतरा, बाँके । नेपालगञ्जका मुख्य सडक र चाेकहरुमा छाडा छोडिएका पशु चौपायाको बिगबिगी । सवारीसाधनहरु गुड्ने र मानिस हिंड्ने सडकमा यसरी छाडा छोडिएका पशु चौपायाहरुले हुनसम्म समस्या पारेका छन् । यसैका कारण विशेषगरी सवारीसाधन दुर्घटना भएर जनधनको क्षति हुने प्रवल सम्भावना देखिन्छ । नेपालगञ्ज उपमहानगरपालिका […]

शस्त्र प्रहरी बलले २ जना एसएसपीलाई विभागीय कारबाही गर्‍यो काठमाडौं । कारबाहीमा परेकामध्ये मानव स्रोत शाखामा कार्यरत प्रवीण कँडेल र संयुक्त राष्ट्रसंघको सुडान शान्ति मिसनमा कार्यरत रहँदा यौन हिंसामा संलग्न भएको आरोप लागेका रविन्द्रराज कर्णजित रहेका छन्। सशस्त्र प्रहरी नियमावली २०७२ को दफा १०८ अनुसार कँडेललाई नेतृत्वलाई सार्वजनिक रूपमा चुनौती दिएको आरोपमा कारबाही गरिएको हो। […]

error: Content is protected !!