०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

प्रहरीले लागु औषधसहित ५ जनालाई पक्राउ गरेको छ

Logo
प्रकाशित शुक्रबार, मंसिर २३, २०७९

मकवानपुरको मनहरी र सर्लाहीको कबिलासी गाउँपालिकाबाट प्रहरीले लागु औषधसहित ५ जनालाई पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट पक्राउ पर्नेमा सोही गाउँपालिका–७ बस्ने ३५ वर्षीय हरिकृष्ण अधिकारीसहित दुईजना छन् । आरोपीहरुको साथबाट गाँजाको धुलो ३८ केजी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।सर्लाहीबाट कबिलासी नगरपालिका–१० सलेमपुर बस्ने ४५ वर्षीय शिवनारायण रायसहित ३ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट गाँजा ३ सय ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । रायले आफ्नै भैसी फर्ममा गाँजा बिक्री गरिरहेको सुराक पाएपछि प्रहरी चौकी कबिलासीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । आरोपीहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!