०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

सशस्त्र प्रहरीमा घुमुवाको विकृती रोकिएन

Logo
प्रकाशित शुक्रबार, मंसिर २३, २०७९

चुनाव सकिएलगत्तै सशस्त्र प्रहरीमा खराब अफिसरमाथि छानबिन र कारबाही तिव्र पारिएको छ । खासगरी तराईको जिल्लामा तस्करीको लाइन खुलाउने गणपति तथा बिओपी इन्चार्जहरुमाथि सशस्त्र प्रहरी मुख्यालयले कारबाही अघि बढाएको छ ।

मुख्यालयले हालै बारा गणका एसपी राजेन्द्र थापा, पर्साका तेज पोखरेल र पश्चिम नबलपरासीका एसपी रुप कुमार क्षेत्रीलाई मुख्यालय तानेर छानबिन थालेको छ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि उनीहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले तानेरै छानबिन थालेको स्रोत बताउँछ । मुख्यालयबाट एसपी टोप बहादुर डांगी, उद्धव रावल, डिसपी सुदिप रेग्मी, इन्सपेक्टर नवराज काफ्लेको टोलीले दिएको प्रतिवेदनका आधारमा उनीमाथि विस्तृत छानबिन सुरु भएको हो । स्रोतका अनुसार प्रारम्भिक छानबिनमा उनीहरुले तस्करीको लाइन खुलाएको पुष्टि भएको छ । जसआधारमा थप छानबिन प्रतिवेदनका आधारमा उनीहरुमाथिको बिभागीय कारबाही तय हुने छ । कारबाही रोक्न उनीहरु शक्ति केन्द्रमा दौडधुप सुरु गरिसकेका छन् ।

त्यस्तै, बिओपी बरैनिया बाराका इन्सपेक्टर सुमन ढुंगाना तथा नवलपरासीका केही बिओपी इन्चार्जमाथि समेत बिस्तृत छानबिन सुरु भएको सशस्त्र मुख्यालय स्रोत बताउँछ । तराईका एक दर्जन बिओपी इन्चार्जहरुविरुद्ध प्रमाणसहित मुख्यालयमा उजुरी परेको छ । चुनावको मौका छोपी विभिन्न नाकाबाट तस्करी मौलाएको हो ।  आर्थिक अनियमिततामा संलग्न इन्चार्जमाथि सशस्त्र प्रहरी नेतृत्व निर्मम बनेपछि सशस्त्र प्रहरीभित्र तरंग उत्पन्न भएको छ । नेताहरुलाई पैसा बुझाएर तराईका गण तथा बिओपी पुगेका अधिकृतहरु त्रसित बनेका छन् । यद्यपी केहीले भने धन्दा जारी नै राखेका छन् । सप्तरीको विभिन्न नाकाबाट फेरि तस्करी मौलाउन थालेको छ । गत महिना मात्र सप्तरी गएका एसपी तिर्थ पौडेलले बिगत १० बर्षदेखि सप्तरीमा कार्यरत असइ नुनु मण्डललाई घुमुवा राखेर लाइन खोलेका हुन् । यसैगरी तिलाठी बिओपीबाट इन्सपेक्टर कृष्ण कुमार भण्डारीले पनि घुमुवा परिचालन गरेका छन् । बरिष्ठ हबल्दार राजन खड्कालाइ उनले घुमुवा राखेका हुन् । तिलाठी नाकाबाट बिरेन्द्र मण्डलले सशस्त्र प्रहरीसँगको मिलेमतोमा माछा, विश्व मेहताले रक्सी, ललन मण्डलले बिंडी र कपडाको तस्करी गर्दै आएको स्रोत बताउँछ । सशस्त्रमा घुमुवा नराख्न निर्देशन दिइएपनि कार्यान्वायन हुन सकेको छैन ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!