२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

युएन शान्ति स्थापना तालिमको ११औं स्थापना दिवस एआईजी पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न

Logo
प्रकाशित शुक्रबार, मंसिर २३, २०७९


ABC (क्राईमबिट)
काठमाडौ । सशस्त्र प्रहरी बल नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, नुवाकोटको ११औं स्थापना दिवस सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलको प्रमुख आतिथ्यमा मंसीर २१ गते सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल, नेपालमा रहेका स्थायी इकाईहरुको यसै वर्षदेखि स्थापना दिवस मनाउने संगठनको नीति अनुसार सो तालिम शिक्षालयको स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरी सम्पन्न भएको हो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले यस्ता किसिमका कार्यले सशस्त्र प्रहरी बल, नेपालका इकाईहरुमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउन तथा सामूहिक भावनाको विकासमा समेत सघाउ पुग्ने बताउनुभयो ।

उहाँले हरेक वर्ष मनाउने स्थापना दिवसको अवसरमा गरिने क्रियाकलाप तथा आन्तरिक खेलकुद प्रतियोगितले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुमा हौसला प्रदान गर्नुको साथै आपसी भाईचार, व्यावसायीक ज्ञान र इकाई प्रतिको समर्पण भाव अभिबृद्धि गर्ने र यसले सशस्त्र प्रहरी सेवा प्रवाहमा प्रभावकारिता ल्याउने विश्वास समेत व्यक्त गर्नुभयो ।

अतिरिक्त महानिरीक्षक पौडेलले राज्यले अपेक्षा गरे अनुरुप सशस्त्र
प्रहरी बल, नेपालले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्नुहुँदै
यस तालिम शिक्षालयबाट विशेष गरेर मिसन एरियामा परिचालित हुने सशस्त्र प्रहरी कर्मचारीहरुको लागि उच्चस्तरको तालिम प्रदान गरी अन्तर्राष्ट्रियस्तरमा समेत प्रशांसित हुन सफल भएको बताउनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले सो शिक्षालयमा
उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । यसैगरी राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी, उक्त तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिपेन्द्र शाह तथा प्रशिक्षण प्रतिष्ठानका सह–निर्देशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसिनाले शिक्षालयमा आयोजना गरिएको विविध खेलकुद बिद्यामा प्रथम भएका सशस्त्र प्रहरी कर्मचारी तथा समूहलाई पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । त्यस अवसरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, नुवाकोटका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिपेन्द्र शाहले धन्यवाद ज्ञापन गर्नुहुँदै यस तालिम शिक्षालयले सिमित श्रोत साधनको बावजुद मिसन एरियामा परिचालन हुने सशस्त्र प्रहरी कर्मचारीहरुलाई उच्चस्तरको तालिम प्रदान गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

करीब दुई दशकदेखि संयुक्त राष्ट्र संघको अनुरोधमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थानार्थ परिचालन हुने जनशक्तिलाई प्रशिक्षण प्रदान गरी पेशागत क्षमता र दक्षता अभिबृद्धि गर्ने उद्देश्यले बि.सं. २०६८ साल मंसिर २२ गते सशस्त्र प्रहरी बल युएन शान्ति स्थापना तालिम केन्द्रको रुपमा स्थापना भई बि. सं. २०७५ साल साउन १३ गते सशस्त्र प्रहरी बल, नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालय नामाकरण गरिएको हो।
कार्यक्रममा स्थानीय अन्य सुरक्षा निकायका प्रमुख, स्थानीय भद्रभलादमी तथा सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।