०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

प्रधानमन्त्री देउवाको नजरमा आईजिपी सिंहको चर्चा सेवा अवधि हटाउने तयारी सरकार

Logo
प्रकाशित शनिबार, मंसिर २४, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । सरकारले स्थानीय, प्रदेश र प्रतिनिधी सभा निर्वाचनलाई सुरक्षित र मर्यादित बनाउने श्रेय पहिलो लहरमा रहेका सुरक्षा प्रदानगर्ने नेपाल प्रहरीलाई दिएको छ । यस्तै प्रहरीभित्र भएका सुधारका कार्यक्रम र देशभरको सुरक्षा मजबुत बनाउने तथा टिम परिचालनमा महानिरीक्षक धिरजप्रताप सिंहलाई अब्बल मानेको छ ।

केही दिनअघि बसेको सत्ता गठबन्धनको बैठकपछि शीर्ष नेताहरुबीच भएको औपचारिक छलफलमा महानिरीक्षक सिंहको गठबन्धन दलका नेताले खुलेर प्रशंसा गरेको बालुवाटार स्रोतको भनाई छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले महानिरीक्षक सिंहलाई बालुवाटारमै बोलाएर धन्यबाद दिएका थिए ।

अब, आउने सरकारले सामना गर्नुपर्ने विश्वमा देखिएको आर्थिक मन्दीसँगै देशमा बढन सक्ने सामाजिक, आर्थिक तथा जघन्य अपराध रोकथाम तथा सुरक्षा कायमगर्ने दीर्घकालिन रणनीति बनाउन समेत प्रधानमन्त्री शेरबहादुर देउवाले महानिरीक्षक सिंहलाई निर्देशन दिएको स्रोतको भनाई छ ।
महानिरीक्षक सिंहले आफुहरुले यस विषयको विश्लेषणसहित काम गरिरहेको बताएपछि प्रधानमन्त्री उनीसँग प्रभावित भएका थिए ।

तर, सेवा अवधिका कारण आउँदो चैत्रमा उनी अनिवार्य अवकाशमा जाने र त्यसपछि महानिरीक्षक बन्ने दौडमा रहेकाहरुसँग उच्च नेतृत्वको अनुभव अभाव र परिपक्कतामा कमि रहेको तथा उनीहरुलाई केही वर्ष एआईजी बनाएर अनुभवि बनाउन आवश्यक रहेको सुरक्षा विज्ञको सल्लाहपछि सरकार प्रहरीभित्र धेरैवर्षदेखि थाँती रहेको सेवा अवधि हटाउने विषयमा अग्रसर भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा समेत विगतमा आफु गृहमन्त्री हुँदादेखि प्रहरीभित्र सेवा अवधिमा रहेको प्रावधानको चलखेलका कारण राज्य र संगठनले बेहोरेको घाटाको सोधभर्ना गर्ने मनस्थितीमा पुगेको बालुवाटार स्रोतको भनाई छ ।

सरकारले प्रहरीमा रहेको ३० वर्षे सेवा अवधिलाई हटाउँदै महानिरीक्षक सिंहलाई थप समय निरन्तरता दिने प्रक्रिया विधिवत अगाडी बढाएको छ ।

यसका लागि गृह मन्त्रालयले रायका लागि फाइल अर्थ मन्त्रालयमा पठाएसँगै अध्यादेशमार्फत ३० वर्षे सेवा अवधि हटाउने प्रक्रिया शुरु भएको हो ।

‘फाइल सहमतिका लागि अर्थमा आइपुगेको छ’ अर्थ स्रोतले भन्यो, ‘फास्ट ट्रयाकमा अघि बढाउन निर्देशन आएको छ, सोही अनुसार काम भइरहेको छ । ’

अर्थ मन्त्रालयको सहमति पछि गृह मन्त्रालयले रायका लागि कानुन मन्त्रालयमा पठाउने छ ।

अर्थको सहमति र कानुनको रायपछि गृहले प्रस्ताव मन्त्रिपरिषदमा पठाउने छ भने क्याबिनेट सहमत भएको अवस्थामा परामर्शका लागि लोक सेवा पठाउन गृहलाई सहमति दिने छ । लोक सेवाको परामर्शपछि पुनः गृह मन्त्रालयले मन्त्रिपरिषदमा पठाएसँगै मन्त्रिपरिषद्ले राष्ट्रपति कहाँ पठाउने निर्णय गर्नेछ ।

त्यसपछि राष्ट्रपतिबाट लालमोहर भएसँगै अध्यादेश जारी हुनेछ । अब बन्ने सरकार समेतको नेतृत्व नेपाली कांग्रेसले गर्ने र यही सत्ता गठबन्धनकै निरन्तरता रहने सम्भावना अधिक रहेका कारण यसपटक प्रहरीको सेवा अवधि हटने लगभग पक्क जस्तै छ ।

आगामी ४ महिना भित्र ३० वर्षे प्रावधान हटेको अवस्थामा हालका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको सेवा अवधि एक वर्ष बढी थप हुनेछ । तर ३० वर्षे सेवा अवधि नहटेको अवस्थामा प्रहरी महानिरीक्षक सिंहसहित उनका ब्याची सबै चैत महिनाभित्र अनिवार्य अवकाशमा घर जानेछन् ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै प्रहरी नियमावली संशोधनका लागि कानुन मन्त्रालयले अर्थ मन्त्रालयको सहमति लिएपछि सेवा अवधि हटाएर उमेर हदलाई कायम गर्न लागिएको हो । ‘अब ३० वर्षे सेवा अवधि हट्छ, प्रहरी ऐन बनेको छैन, प्रहरी नियमावली संशोधन हुन्छ र सेवा अवधिको ठाउँमा ५८ वर्षको उमेर हद कायम गरिनेछ,’ मन्त्रालयका एक अधिकारीले भने।

उनका अनुसार ३० वर्षे सेवा अवधिकै कारण आइजिपी नियुक्तिमा अस्वस्थ चलखेल बढेको र आइजिपी नियुक्ति भए पनि काम नै गर्न नपाई घर जानुपर्ने बाध्यता भएकाले पनि सरकारले अहिले नै ३० वर्षे सेवा अवधि हटाउन नियमावली संशोधन गर्न लागेको हो।

प्रहरीमा ३० वर्षे सेवावधि कायम रहँदा राज्यलाई आर्थिक भार परेको भन्दै त्यसलाई विगतमा पनि हटाउन खोजिएको थियो। त्यतिबेला राजनीतिक दाउपेचका कारण नियमावली संशोधन हुन सकेको थिएन।

हाल ३० वर्षे सीमा भएकाले कतिपय ४८ देखि ५३ वर्षमा अवकाश लिने कर्मचारीलाई ५८ वर्षसम्म कार्यरत रहेसरह पेन्सन दिनुपरेपछि राज्यलाई आर्थिक भार परेको हो। नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटे राज्यलाई आर्थिक भार कम हुने सुरक्षा विज्ञहरूको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!