०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

अर्घाखाँचीमा २ जना नक्कली प्रहरी सक्कली प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित शनिबार, मंसिर २४, २०७९

ABC (क्राईमबिट)
अर्घाखाँची । आफूहरू सादा पोशाकमा खटिएको प्रहरी भएको भन्दै प्रहरीमाथि नै हातपात गर्ने दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नंं. ६ नखिल्जी बस्ने ३५ वर्षीय बाबुराम पौडेल र सोही जिल्लाको मालारानी गाउँपालिका वडा नं. ५ वागी बस्ने २० वर्षीय दीपक केसी रहेका छन्।

उनीहरूले बिहीबार बिहान ६ः०० बजे सन्धिखर्क नगरपालिका–१ बसपार्क क्षेत्रमा हामी नेपाल प्रहरीका सादा पोशाकमा खटिएका प्रहरी हौं भन्दै मादकपदार्थ सेवन गरी बसपार्क वरपरका होटल तथा पसलहरूमा चेकजाँच गर्ने, स्थानीयहरूलाई डरत्रासमा पारी गालीगलौज तथा अभद्र व्यवहार गर्ने गरेको भन्दै प्रहरीलाई खबर पुगेको थियो।

सो सूचनापछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट इन्स्पेक्टर अर्जुन पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहीबार नियन्त्रणमा लिई सोधपुछ गर्दा उल्टै प्रहरीमाथि हातपात, गालीगलौज तथा अभद्र व्यवहार गरेको जिल्ला प्रहरी प्रवक्ता इन्स्पेक्टर कृष्णप्रसाद घिमिरेले बताए।

त्यसपछि पक्राउ पुर्जी जारी गरेर नियन्त्रणमा लिई शुक्रबार जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको इन्स्पेक्टर घिमिरेले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!