२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कांग्रेस रुपन्देहीका सभापति खांणले तत्काल पुर्बाधार नबन्दै मन्त्रालय नसारौ हतारमा सारे फिर्ता ल्याउछौ !

Logo
प्रकाशित शनिबार, मंसिर २४, २०७९


(ABC-Sanchar)
बुटवल । नेपाली कांग्रेस रुपन्देहीले लुम्बिनी प्रदेश सरकारले प्रदेश मुकाम रुपन्देहीबाट मन्त्रालयहरु दाङ सार्न लागेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । नयाँ सरकार नबन्दै वर्तमान कामचलाउ सरकारले हतारमा प्रदेश राजधानी सार्ने तयारी गरिरहेका बेला कांग्रेस रुपन्देहीले स्थायी पूर्वाधारहरु बनेपछि मात्र मन्त्रालयहरु सार्न ध्यानाकर्षण गराएको हो । कांग्रेसले मन्त्रालय सार्ने जिम्मा संरचनाहरु निर्माण भएपछि नयाँ बन्ने सरकारलाई दिनुपर्ने माग गरेको छ ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खांणले बिज्ञप्ति जारी गर्दै प्रदेश सभाको नियमित काम गर्न समेत संरचना निर्माण नभएको अवस्थामा हतारमा राजधानी सार्दा दैनिक कामकाजमा पर्न सक्ने असरतर्फ पनि प्रदेश सरकार सचेत हुनुपर्ने उल्लेख गरेका छन् ।

‘तत्काल सार्वभौम प्रदेश सभाको निर्णय कार्यान्वयनगर्दा प्रदेश सरकार, संसद, विषयगत समिति लगायतका संरचनाको नियमित सन्चालन र व्यवस्था नगर्न साथै प्रदेश सभा र सरकारसँगै जाने सभासद र कर्मचारीको आवासका लागि पर्याप्त पूर्वाधार नभएको स्थानमा जबरजस्ती लैजानु प्रदेश सभा तथा प्रदेश सरकारको सेवा प्रवाहमा समेत प्रतिकूल असर पर्ने देखिएकाले तत्काल मुकाम सार्ने प्रक्रिया रोकी भौतिक संरचना निर्माणमा ध्यान दिन र नवनिर्वाचित प्रदेश सभाबाट बन्ने नयाँ सरकारलाई सोको कार्यभार सुम्पन आह्वान गर्दछौं,’ सभापति खांणद्वारा जारी ज्ञिप्तीमा भनिएको छ ।

प्रदेशको मुकाम कहाँ राख्ने र सार्ने भन्दा बढी प्राथमिकता प्रदेश सरकारले प्रदेशवासीको दैनिकीसँग जोडिने गरी कानुन निर्माणमा ध्यान दिन पनि कांग्रेसले आग्रह गरेको छ । हालै सम्पन्न निर्वाचनको अभिमतलाई दृष्टिगत गर्दै प्रदेश मुकाम जहाँ छ त्यहींबाट चुस्त रुपमा सेवा सन्चालनगर्न समेत कांग्रेस रुपन्देहीले माग गरेको छ ।

यसअघि विभिन्न चार वटा कर्मचारी संगठनले पनि स्थायी संरचना नबन्दै मन्त्रालयहरु सार्दा काम गर्न कठीन हुने भन्दै तत्काल मन्त्रालयहरु नसार्न माग गर्दै प्रदेश सरकारका प्रमुख सचिवलाई ज्ञापनपत्र बुझाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।