२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

गाडी मर्मत गरी भुक्तानी नदिँदा ग्यारेज संचालकले सरकारी गाडि नियन्त्रणमा

Logo
प्रकाशित शनिबार, मंसिर २४, २०७९


(ABC-Sanchar)
काठमाडौं । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्षले चढ्ने गरेको वा.२ झ ३०५३ को इसुजु पिकअप भ्यान मर्मत गरेको विलको रकम भुक्तानी नदिँदा काठमाडौंबाट ग्यारेज संचालकले नियन्त्रण लिएर १ दिन राखि रकम भुक्तानी गरिदिने सर्तमा छोडिदिएका छन् । खानेपानी मन्त्रालयको नाममा रहेको उक्त गाडि करिव ४ वर्ष देखि वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले चलाउँदै आएको थियो ।

ग्यारेज संचालकले गाडि नियन्त्रणमा लिए पछि प्रहरीले गाडि चालक धनीराम मण्डललाई पक्राउ गरी हिरासतमा राखेको थियो । गाडिमा संगै रहेका वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साहले गाडिको मर्मतको रकम भुक्तानी गरी गाडि फिर्ता लिनुको सट्टा आफ्नै ड्राईभर माथि आरोप लगाई प्रहरीमा उजुरी गरी ड्राईभरलाई थुनाएको वुझिन आएको छ । साथै अध्यक्ष साह ले गाडि ग्यारेज संचालकले नियन्त्रण लिनुमा उनी भन्दा पूर्वका अध्यक्ष ई. शालीग्राम सिँहको पनि सहयोग रहेको आरोप लगाएका छन् । यस विषयमा ग्यारेज संचालक शंकर केसीसंग वुझ्दा मिति २०७९।०४।०४ गते गाडि मर्मत गरि गाडि चालकलाई सक्कल विल वुझाएको र सरकारी अफिसको गाडि भएको तथा अफिसको चेकबाट भुक्तानी गर्नुपर्ने भएकोले र चेकमा साईन गर्ने हाकिम यही गाडिमा संगै रहेको र जनकपुर पुग्नासाथ रकम पठाईदिने प्रतिवद्दता गरी विश्वासमा परि तत् समयमा गाडि दिईएको थियो तर तत्पश्चात् रकम भुक्तानी दिनुहुन भनी लिखित तथा मौखिक ताकेता गर्दा पनि रकम भुक्तानी नदिएको अवस्था थियो, यस सम्वन्धमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, खानेपानी मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौ लाई समेत जानकारी दिँदा पनि कुनै पहल नभएकोले वाध्य भएर गाडि तान्नु परेको हो के.सी ले भनेका छन् । यता यही विषयलाई लिएर केही अनलाईन मिडियाहरुले यस घटनामा पूर्व अध्यक्ष श्री शालीग्राम सिँहको संलग्नता देखाई निजको चरित्रहत्या गर्ने दुश्प्रयास गरेको वुझिन आएको छ । यस विषयमा वुझ्दा सिँहले आफ्नो कुनै संलग्नता नरहेको गाडि मर्मत गरेको रकम ४ महिना सम्म भुक्तानी नदिनुले संस्थाको नै वद्नाम गर्ने कार्य भएको र सो कार्यबाट वच्नको लागि मलाई दोषारोपण गरेको तथा यसमा आफ्नो कुनै प्रकारको संलग्नता हुने विषय नै नरहेको भन्दै आफू विगतमा अध्यक्ष हुँदा यस्तो कुनै समस्या नआएको तर हाल यस्ता गतिविधिले संस्थाको गरिमा मा नै आँच पुर्याएको वताएका छन् ।

यस विषयमा थप जानकारीको लागि त्याँहा कार्यरत कर्मचारीहरु संग सोधपुछ गर्दा नाम नवताउने शर्तमा १ कर्मचारीले भने गाडी मर्मतको विल कार्यालयमा आएको छ तर विगत ६ महिना देखि यहाँको प्रणाली नै विग्रन गई कर्मचारीले समेत तलव खान नपाएको स्थिति रहेको वताएका छन् । उनले वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को आफ्नै गाडि थिएन यस अघिका अध्यक्ष ई. शालीग्राम सिँहले पहल गरेर १ गाडि ल्याउनु भएको थियो तर हाल त्यसको मर्मत को रकम समेत भुक्तानी नगरी गाडि ग्यारेज संचालकले नियन्त्रणमा लियो भनेको खवर सुन्दा दुख लागेको गुनासो गरेका छन् । यस विषयमा थप जानकारी लिनको लागि वहालवाला अध्यक्ष शीतल साह संग सम्पर्क गर्न खोज्दा सम्र्पक हुन सकिरहेको छैन । अध्यक्षले आफू चढ्ने गाडि मर्मत गरेको विल भुक्तानी नगर्दा अनाहकमा सवारी चालक धनीराम मण्डलले प्रहरी हिसासत मा २ दिन वस्नु परेको छ । प्रहरीले धनीरामलाई प्रक्राउ गर्दा त्यसमा सहयोग गर्नुको सट्टा निज अध्यक्षले उल्टै ड्राईभरलाई दोष दिएर आफू उम्कने प्रयत्न गरेको वुझिन आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]