०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा नि:शुल्क स्वास्थ सिविर सम्पन्न

Logo
प्रकाशित आइतबार, मंसिर २५, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ र सशस्त्र प्रहरी परिवार महिला संघको संयुक्त आयोजना तथा कलेज अफ मेडिकल साईन्सेस चितवनसँगको सहकार्यमा उक्त सिविर सम्पन्न भएको हो ।


नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुम लता सिंह प्रमुख अतिथ्यता तथा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल र बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यको विशिष्ट आतिथ्यतामा उक्त स्वास्थ्य सिविर सम्पन्न भएको हो ।

शिविरमा नि:शुल्क भिडियो ऐक्स-रे तथा इसिजी सेवा, मृगौला तथा मुत्ररोग परीक्षण, रक्तचाप तथा मधुमेह परीक्षण, छाला सम्बन्धी परीक्षण, हाड जोर्नी तथा नशा सम्बन्धी परीक्षण र स्त्री तथा प्रसुती रोगसम्बन्धी परीक्षण गरिएको थियो । स्वास्थ्य जाँच पश्चात् नि:शुल्क औषधी समेत वितरण गरिएको थियो । नि:शुल्क स्वास्थ्य सिविरमा नेपाल प्रहरीका २ सय ३१ जना तथा सशस्त्र प्रहरी वल नेपालका ४५ जना सकल दर्जाका कर्मचारीहरू तथा १५ जना प्रहरी कर्मचारी परिवारका सदस्य गरी २ सय ९१ जनाले नि:शुल्क स्वास्थ्य सेवा लिनुभएको थियो । जसमा महिलाको संख्या ७३ जना र पुरुषको संख्या २ सय १८ जना रहेको थियो ।

२०४१ साल भाद्र ४ गते नेपाल प्रहरी श्रीमती संघ नामक मुनाफा रहित संस्थाको स्थापना भएको हो । स्थापना कालदेखि नै संस्थाले प्रहरी परिवारका महिलाहरूको मात्र नभै समग्र महिलाहरूको सिप विकास, आय आर्जन, स्वास्थ्य, शिक्षा, क्षमता अभिवृद्धि जस्ता विभिन्न बिषयहरूमा सचेतनाको लागी कार्यक्रमहरू संचालन गर्दै आईरहेको छ । यसका साथै संस्थाले अमर प्रहरी परिवार, घाईते, दिर्घरोगी प्रहरी कर्मचारीका सन्ततिलाई छात्रवृत्ति, आर्थिक सहयोग, सहारा विहिन वृद्ध वृद्धाहरूलाई राहत सहयोग तथा समय समयमा नि:शुल्क स्वास्थ्य शिविर पनि सचालन गर्दै आईरहेको छ ।

नेपाल प्रहरी श्रीमती संघको सक्रियतामा हालसालै बहालवाला प्रहरी कर्मचारी, निजका परिवारजन, अमर प्रहरी परिवार र पूर्व प्रहरी परिवारको स्वास्थ्य उपचार सेवामा छुट प्रदान गर्न चितवन मेडिकल कलेज शिक्षण अस्पताल र मेघा अस्पतालसँग सम्झौता पत्रमा हस्ताक्षर भई कार्यान्वयन समेत भईरहेको छ । त्यसैगरी शैक्षिक छात्रवृत्ति प्रदान गर्न देशका विभिन्न शैक्षिक संस्थाहरूसँग समेत सम्झौता भई कार्यान्वयनको चरणमा रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!