ABC (क्राईमबिट)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीलले हनि ट्रयापको अभियोगमा घोराही १० नारायणपुरबाट पुरुष र तुलसीपुरबाट २ जना महिलालाई नियन्त्रणमा लिइएको बताए । उनका अनुसार पक्राउ पर्नेमा घोराही १० नारायणपुरका २७ बर्षिय रुद्रबहादुर केसि, तुलसीपुर १८ ग्वारखोलाकि ३६ बर्षिय कृष्णिकुमारी बस्नेत, गढवा ६ घर भई हाल तुलसीपुर बस्दै आएकि ३५ बर्षिय अनुष्का सिंह भनेर चिनिने कृष्णि गहतराज रहेका छन ।
दाङ एसपीका अनुसार तुलसीपुरका एक जना ब्यबसायिलाई व्ल्याकमेलिङ गर्दै मोटाे रकम नदिए बलात्कार मुद्भा हाल्ने भनेर ती महिलाहरुले धम्कि दिदै आएका थिए । ती पीडित ब्यबसायीले आफुलाई यौन सम्बन्धको प्रस्ताब राख्दै व्ल्याकमेलिङ गर्न खोजेपछि प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीपछि प्रहरीले घोराहीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । घटनाको मतियारको रुपमा पक्राउ परेकि अनुष्का रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको दाङ प्रहरीले जनएको छप । अनुष्कासंग दुइ वटा नागरिकता पनि रहेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वलीले उनिहरु विरुद्ध मुद्धा दर्ता भई घटनाको बिस्तृत अनुसन्धान भइरहेको जानकारी दिए । १० दिनदेखि उनिहरु प्रहरी हिरासतमा रहेका छन । उनिहरु बिचको मोबाईल मेसेज र मेसेन्जरको कुराकानी हेर्दा ५ करोडको बार्गेनिङ गरेको देखिएको र नगद ३० लाख बुझिसकेको बताए । बार्गेनिङ गरे अनुसारको थप पैसा माग्नेक्रममा उनिहरुलाई दाङ प्रहरी प्रमुख एसपी वलीको निर्देशनमा प्रहरीले पक्राउ गरेको हो ।