२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

Logo
प्रकाशित सोमबार, मंसिर २६, २०७९

धनुषाको बटेश्वर गाउँपालिका-५ स्थित शान्तिपुरकी २८ वर्षीया अमृता यादवको हत्या उनका श्रीमानले नै गरेको खुलेको छ।

सोमबार बिहानै ४/५ बजेतिर उनका श्रीमान वीरेन्द्र यादवले बञ्चरो प्रहार गरी हत्या गरेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

‘बिहानै चिया पकाउन भन्दा उनले मानिनन्। ३/४ महिनादेखि अमृताले कामै नगर्ने, खाली सुत्ने मात्र गर्थिन्। त्यही भएर दिनदिनै झगडा परिरहन्थ्यो,’ वीरेन्द्रले प्रहरीलाई बयान दिएका छन्।

प्रहरीका अनुसार बिहान ५ बजेतिर वीरेन्द्र र उनका आमा ‘चोर आयो चोर’ भन्दै चिच्याउँदै घरबाट बाहिर निस्केका थिए। हल्ला सुनेर तुरून्तै स्थानीयको भिड लाग्यो। वीरेन्द्रले ३/४ जनाको समूहमा आएको चोरले श्रीमतीमाथि हतियार प्रहार गरेको स्थानीयलाई सुनाए।

स्थानीयले घटनाबारे प्रहरी चौकी बटेश्वरलाई जानकारी दिँदै एम्बुलेन्स बोलाए। वीरेन्द्र, उनका आफन्त र स्थानीयले रगतमा लत्पतिएकी अमृतालाई जनकपुरस्थित काव्य अस्पतालमा पुर्याए।

चिकित्सकले त्यहाँ उनलाई मृत घोषणा गरिदिए।

घटनास्थल पुगिसकेपछि वीरेन्द्रले दिएको बयानमाथि प्रहरीलाई शंका लाग्यो।

‘कहीँकतैबाट चोर पस्ने ठाउँ नै थिएन। हस्पिटलबाट उनलाई नियन्त्रणमा लिएपछि आफैंले हत्या गरेको स्वीकार गरे,’ प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले भने।

वीरेन्द्रले चोर आएको प्रमाणित गर्न श्रीमतीलाई हत्या गरेर बिजुलीको मुख्य तार र ढोका तोडफोड गरेका थिए।

हत्या गर्न प्रयोग गरेका बञ्चरो उनले घरदेखि करिब २ सय मिटर पश्चिममा रहेको पोखरीमा फालेका थिए।

वीरेन्द्रलाई लिएर प्रहरी घटनास्थल पुगेपछि उनले त्यो बञ्चरो प्रहरीलाई देखाएका थिए।

डिएसपी क्षेत्रीका अनुसार दुबै जनाबीच विवादका कारण उनीहरू अलग-अलग कोठमा सुत्ने गरेका थिए।

हत्या आरोपी वीरेन्द्र आफ्नै ट्र्याक्टर चलाउँछन्।

उनी नियमित गाँजा सेवन गरिरहेको खुलेको डिएसपी क्षेत्रीले बताए।

अमृतकी ७ र ३ वर्षका दुई छोरा छन्। स्थानीयका अनुसार वीरेन्द्रले झगडा पर्दा तीन महिनाअघि बिहेमा पाएको फर्निचरसहितका सामान उनको माइत महोत्तरीको भंगहा नगरपालिका-९ स्थित अजगेबा  पुर्‍याएका थिए। पछि स्थानीयले सम्झाइबुझाइ गरेर दुबै जनालाई मिलेर बस्न सुझाएका थिए।

अमृतालाई घरमा बस्न दिए पनि उनीहरूबीच भने मेलमिलाप भएन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!