२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

Logo
प्रकाशित सोमबार, मंसिर २६, २०७९

धनुषाको बटेश्वर गाउँपालिका-५ स्थित शान्तिपुरकी २८ वर्षीया अमृता यादवको हत्या उनका श्रीमानले नै गरेको खुलेको छ।

सोमबार बिहानै ४/५ बजेतिर उनका श्रीमान वीरेन्द्र यादवले बञ्चरो प्रहार गरी हत्या गरेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

‘बिहानै चिया पकाउन भन्दा उनले मानिनन्। ३/४ महिनादेखि अमृताले कामै नगर्ने, खाली सुत्ने मात्र गर्थिन्। त्यही भएर दिनदिनै झगडा परिरहन्थ्यो,’ वीरेन्द्रले प्रहरीलाई बयान दिएका छन्।

प्रहरीका अनुसार बिहान ५ बजेतिर वीरेन्द्र र उनका आमा ‘चोर आयो चोर’ भन्दै चिच्याउँदै घरबाट बाहिर निस्केका थिए। हल्ला सुनेर तुरून्तै स्थानीयको भिड लाग्यो। वीरेन्द्रले ३/४ जनाको समूहमा आएको चोरले श्रीमतीमाथि हतियार प्रहार गरेको स्थानीयलाई सुनाए।

स्थानीयले घटनाबारे प्रहरी चौकी बटेश्वरलाई जानकारी दिँदै एम्बुलेन्स बोलाए। वीरेन्द्र, उनका आफन्त र स्थानीयले रगतमा लत्पतिएकी अमृतालाई जनकपुरस्थित काव्य अस्पतालमा पुर्याए।

चिकित्सकले त्यहाँ उनलाई मृत घोषणा गरिदिए।

घटनास्थल पुगिसकेपछि वीरेन्द्रले दिएको बयानमाथि प्रहरीलाई शंका लाग्यो।

‘कहीँकतैबाट चोर पस्ने ठाउँ नै थिएन। हस्पिटलबाट उनलाई नियन्त्रणमा लिएपछि आफैंले हत्या गरेको स्वीकार गरे,’ प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले भने।

वीरेन्द्रले चोर आएको प्रमाणित गर्न श्रीमतीलाई हत्या गरेर बिजुलीको मुख्य तार र ढोका तोडफोड गरेका थिए।

हत्या गर्न प्रयोग गरेका बञ्चरो उनले घरदेखि करिब २ सय मिटर पश्चिममा रहेको पोखरीमा फालेका थिए।

वीरेन्द्रलाई लिएर प्रहरी घटनास्थल पुगेपछि उनले त्यो बञ्चरो प्रहरीलाई देखाएका थिए।

डिएसपी क्षेत्रीका अनुसार दुबै जनाबीच विवादका कारण उनीहरू अलग-अलग कोठमा सुत्ने गरेका थिए।

हत्या आरोपी वीरेन्द्र आफ्नै ट्र्याक्टर चलाउँछन्।

उनी नियमित गाँजा सेवन गरिरहेको खुलेको डिएसपी क्षेत्रीले बताए।

अमृतकी ७ र ३ वर्षका दुई छोरा छन्। स्थानीयका अनुसार वीरेन्द्रले झगडा पर्दा तीन महिनाअघि बिहेमा पाएको फर्निचरसहितका सामान उनको माइत महोत्तरीको भंगहा नगरपालिका-९ स्थित अजगेबा  पुर्‍याएका थिए। पछि स्थानीयले सम्झाइबुझाइ गरेर दुबै जनालाई मिलेर बस्न सुझाएका थिए।

अमृतालाई घरमा बस्न दिए पनि उनीहरूबीच भने मेलमिलाप भएन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]