२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

ओखलढुङ्गामा कार्यरत (इन्स्पेक्टर) राई सोलुखुम्बु घरमा मृत भेटिए

Logo
प्रकाशित बुधबार, मंसिर २८, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । इलाका प्रहरी कार्यालय खिजिफलाटेका प्रहरी प्रमुख प्रहरी निरीक्षक श्रीप्रसाद राई मृत भेटिएका हुन् ।

खिजिफलाटेमा कार्यरत राई पारिवारिक भेटघाटका लागि केही दिन अगाडी घर बिदामा सोलुखुम्बुको वासा गएका थिए ।

उनी आफ्नै घरमा मृत भेटिएका हुन् । सोमबार बेलुका परिवास र साथीभाईसँग रमाइलोका साथ खानपिन गरेर सुतेका राई बिहान आफ्नै ओछ्यानमा मृत भेटिएको राईको परिवारलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शुकदेव खनालले जानकारी दिए ।

प्रहरीका अनुसार राईले सुत्नुअघि आफुलाई टाउको दुखेको बताएका थिए । उनी निकट एक प्रहरी अधिकारीका अनुसार राई परम्परागत विवाहको प्रक्रिया पुरा गर्न घर गएका थिए ।

आफूले घटनाको बारेमा परिवारसँग बुझ्दा साथीभाइसँग सोमबार बेलुका राम्रैसँग खानपिन गरेर सुतेका राई मङ्गलबार बिहान मृत भेटिएको जानकारी गराएको प्रहरी प्रमुख खनालको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]