२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

ओखलढुङ्गामा कार्यरत (इन्स्पेक्टर) राई सोलुखुम्बु घरमा मृत भेटिए

Logo
प्रकाशित बुधबार, मंसिर २८, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । इलाका प्रहरी कार्यालय खिजिफलाटेका प्रहरी प्रमुख प्रहरी निरीक्षक श्रीप्रसाद राई मृत भेटिएका हुन् ।

खिजिफलाटेमा कार्यरत राई पारिवारिक भेटघाटका लागि केही दिन अगाडी घर बिदामा सोलुखुम्बुको वासा गएका थिए ।

उनी आफ्नै घरमा मृत भेटिएका हुन् । सोमबार बेलुका परिवास र साथीभाईसँग रमाइलोका साथ खानपिन गरेर सुतेका राई बिहान आफ्नै ओछ्यानमा मृत भेटिएको राईको परिवारलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शुकदेव खनालले जानकारी दिए ।

प्रहरीका अनुसार राईले सुत्नुअघि आफुलाई टाउको दुखेको बताएका थिए । उनी निकट एक प्रहरी अधिकारीका अनुसार राई परम्परागत विवाहको प्रक्रिया पुरा गर्न घर गएका थिए ।

आफूले घटनाको बारेमा परिवारसँग बुझ्दा साथीभाइसँग सोमबार बेलुका राम्रैसँग खानपिन गरेर सुतेका राई मङ्गलबार बिहान मृत भेटिएको जानकारी गराएको प्रहरी प्रमुख खनालको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवनमा नापी कार्यालयका प्रमुख लम्साललाई नेकपा बहुमतका कार्यकर्ताले दले कालो मोसो चितवन । खैरहनी नगरपालिकाभित्र रहेको नापी कार्यालयका प्रमुख शालिकराम लम्साललाई नेकपा (बहुमत) खैरहनीले कार्यकक्षमै कालो मेसो लगाएर कारवाही गरेको छ । उनले सेवाग्राहीबाट घुस असुल्ने गरेको, माफियाहरुलाई सहयोग गरेको लगायतका आरोप लगाएको छ ।

नेपाल प्रहरीका ९ जना एसपीको सरुवा काठमाडौं । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो । तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीको १३ जना डिएसपीको पदस्थापन काठमाडौं । मंगलबार प्रहरी महानिरीक्षकको निर्णयाअनुसार हालै बढुवा भएका उनीहरुको पदस्थापन गरिएको हो । साउन २१ गतेबाट लागू हुने गरी डीएसपीहरुलाई प्रचलित नियमानुसार तलब, भत्ता खान पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

error: Content is protected !!