०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

भन्सार चेकजाँचमा कडाई गरी राजश्व संकलनलाई बढोत्तरी गर्न आईजिपी:सिंह

Logo
प्रकाशित बुधबार, मंसिर २८, २०७९

ABC (क्राईमबिट)
पर्सा । नेपाल र भारतबीच सीमा नाकामा रहेका एकीकृत भन्सार जाँच केन्द्र (Integrated Check Post) हरूलाई थप सशक्त एवम् प्रभावकारी बनाउन पर्सा स्थित एकीकृत भन्सार जाँच केन्द्रको सभाहलमा मंगलबार अन्तर निकाय छलफल कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र वीरगंज भन्सार कार्यालय, पर्साका प्रमुख भन्सार प्रशासक नवराज ढुंगाना लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा भन्सार कार्यालय एवम् एकीकृत भन्सार जाँच केन्द्रका अधिकृतहरूको सहभागितामा उक्त छलफल कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल भारतबीच भन्सार नाकाबाट भित्रिएका सामानहरूको चेकजाँचमा कडाई गरी राजश्व संकलनलाई बढोत्तरी गर्न प्रभावकारी अन्तरनिकाय समन्वय र सहकार्य सुनिश्‍चित गर्ने, राजश्व संकलनमा आउनसक्ने समस्याहरू पहिचान गरी निराकरणका उपायहरू पहिल्याउने, भन्सार छली नियन्त्रणमा कडाई गर्ने सम्बन्धमा वृह्‍त छलफल भएको थियो ।

सीमा क्षेत्रमा बनाइएका गोदामहरूलाई नियमित रूपमा चेकजाँच गर्ने, आकस्मिक निरीक्षण गर्ने र अनधिकृत एवम् गैरकानुनी रूपमा नेपाल भित्र्याइएका सामानहरूलाई कानुन बमोजिम कारवाही गरी राजश्व संकलनलाई परिणाममुखी बनाउने लगायतका विषयहरूमा समेत छलफल भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!