०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

बिराटनगर प्रहरी तालिम केन्द्रको ५७ औं वार्षिकोत्सव बिविध कार्यक्रमसहित सम्पन्न

Logo
प्रकाशित बुधबार, मंसिर २८, २०७९

ABC (क्राईमबिट)
विराटनगर । एक नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५७ औं वार्षिकोत्सव बिविध कार्यक्रम सहित आन्तरीक रुपमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एक नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले पानसमा दिप प्रज्वलन गरी बिधिवत रुपमा कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको खेलमैदानमा आयोजित ५७ औं वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक गिरीले व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालिम केन्द्रले ५७ औं वर्ष पुरा गरेको अवसरमा केन्द्रका सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई शुभकामना दिएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि गिरीले वार्षिकउत्सवको अवसरमा प्रकाशन गर्दै आएको स्मारिकालाई समायानुकुल थप परिस्कृत एबम् प्रविधिमैत्री बनाउदै केन्द्रको सम्पुर्ण गतिविधि झल्कने गरी तयार पारिएको वृत्तचित्रको लोकार्पण समेत गरेका थिए । कार्यक्रममा बोल्दै उनले नेपाल प्रहरी सेवामा प्रवेश गर्ने जनशक्तिहरुको लागि प्रारम्भिक शिक्षा तथा उन्नत प्रशिक्षण प्रदान गर्ने कार्यमा तालिम केन्द्रको अहम भुमिका रहने र सक्षम तथा प्रभावकारी प्रहरी संगठनको उपस्थिति बनाई राख्न प्रशिक्षण पद्धतिमा समायानुकुल परिवर्तन हुनु जरुरी रहेको साथै योग्य जनशक्तिको छनौट र उचित प्रशिक्षण प्राप्त गरे पश्चात मात्रै प्रहरी कर्मचारीले कार्य क्षेत्रमा संगठनको अपेक्षा अनुरुप प्रतिफल दिन सक्ने बताए ।

समयको परिवर्तन संगसंगै नागरिकले प्रहरीबाट अपेक्षा गर्ने सेवा प्रदानमा अपेक्षित सुधार गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताउँदै हिजोका दिनहरु भन्दा फरक तर सरल र सहज रुपमा सेवा प्रदान गर्ने भावनाको बिकाश तालिमका दिनहरु देखि नै मस्तिष्कमा गढिन जरुरी रहेको हुँदा सोही अनुसारको प्रशिक्षण प्रदान गर्न तालिम केन्द्रलाई निर्देशन समेत दिए ।

उनले अनुशासन प्रहरी संगठनको गहना रहेको बताउँदै तालिम केन्द्रका प्रशिक्षकहरुको अनुशासन, यसको प्रत्यक्ष प्रभाव र तालिमको स्तरले नै भोलीको दिनमा प्रहरीहरुको कार्य सम्पादन स्तर निर्धारण गर्ने हुँदा सबैको सामुहिक कार्यले सबैजना सफल प्रशिक्षक हुन र यस तालिम केन्द्रलाई देशकै नमूना तालिम केन्द्रको रुपमा स्थापित गर्ने गरी उच्च व्यवसायिकताका साथ काम गर्न निर्देशन समेत दिए ।

यसैगरी प्रहरी नायव महानिरीक्षक गिरीले बार्षिक उत्सवको अवसरमा तालिम केन्द्रले आयोजना गरेको आन्तरिक फुटवल, भलिवल, टेवलटेनिस र ब्याडमिन्टन लगायत अन्य खेलका बिजय हुने खेलाडीहरुलाई पुरस्कार तथा प्रमाण पत्र समेत प्रदान गर्नु भएको थियो ।

यसैगरी तालिम केन्द्रमा वर्ष भरीमा उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका सह-समादेशक प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले केन्द्रको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समयानुकुल आफ्नो जिम्मेवारी एवं कर्तव्य पालना गर्न सक्ने ब्यवसायिक कला, कौशल र सीपले भरिएका दक्ष प्रहरी उत्पादन गर्ने क्रममा स्थापना कालदेखि हालसम्म विभिन्न आधारभूत तथा उन्नत तालिमहरु समेत ‍गरी कुल ८१ हजार २ सय ४३ जना प्रहरी अधिकृत तथा जवानहरुलाई प्रशिक्षित गरिसकेको जानकारी गराए ।

कार्यक्रममा केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले उपस्थित सबैमा धन्यवाद दिदै नयाँ नयाँ चुनौतीसँग सामना गर्न सक्ष्रम, ब्यवसायिक एवं कर्तव्यनिष्ट प्रहरी जनशक्तिको उत्पादन नै एक मात्र बिकल्प रहेकोले प्रशिक्षण पद्दतिलाई आधुनिक, ब्यवस्थित तथा उपलब्धिमुलक बनाउने कार्यमा तालिम केन्द्र निरन्तर अगाडि बढिरहेको बताए ।

वार्षिकउत्सब कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघका महासचिव श्रीमती अजिता देवकोटा बास्तोला, प्रहरी बरिष्ठ उपरीक्षक, लगायत प्रहरी अधिकृत तथा जवानहरु र पुर्व प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!