०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

राष्ट्रिय निकुञ्जमा २ गैंडा मृत फेला

Logo
प्रकाशित बिहिबार, मंसिर २९, २०७९

(ABC-Sanchar)
चितवन । निकुञ्जको अमलटारी सेक्टरको कुजौली रेञ्जपोस्ट अन्तर्गत नारायणी नदी किनारमा रहेको निकुञ्जको कोर क्षेत्रमा ६ महिनाको भाले गैंडा बृधबार मृत फेला परेको हो । सो गैंडाको खाग नपलाएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए ।

यस्तै निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्ट अन्तर्गत गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्र आज विहान एक पोथी गैंडा मृत फेला परेको छ । १५ बर्षको पोथी गैंडा आपसमा जुधेर मरेको हुनसक्ने निकुञ्जका सूचना अधिकारी तिवारीले बताए । गैंडाको खाग र खुर सुरक्षित छ । चालु आर्थिक बर्षमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ५ गैंडा मृत भेटिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!