२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

भारतमा हुने निर्वाचनलाई मध्यनजर गर्दै ३ गतेसम्म बिरगंज रक्सौल नाका सिल

Logo
प्रकाशित बिहिबार, मंसिर २९, २०७९

(ABC-Sanchar)
पर्सा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुन लागेको नगर परिषद् निर्वाचनका लागि नेपाल-भारत नाका सिल गरिएको छ ।

आगामी पुष ३ गते अर्थात आइतबार त्यहाँ हुन लागेको प्रथम चरणको नगर परिषद्को निर्वाचनका निमित्त विहिबार दिउँसोदेखि वीरगञ्ज-रक्सौल नाकासहित विहार राज्यसँग जोडिएका सम्पूर्ण नाकाहरु सिल गरिएको हो ।

पूर्व सूचना विनानै विहिबार दिउँसोदेखि भारतीय प्रशासनले वीरगञ्ज-रक्सौल नाका अचानक सिल गर्दा स्थानीयहरुलाई सास्ती भएको छ । सवारीसाधन ओहोर दोहर नहुँदा दुवै तर्फका स्थानीय र नेपाल प्रवेश गर्न लागेको मालवाहक सवारीसाधन पनि फँसेको स्थानीयले गुनासो गरेका छन् ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार भारतीय पक्षले आफूहरुसँग समन्वयनै नगरी नाका सिल गर्दा समस्या भएको हो । उनले आइतबार निर्वाचन सम्पन्न भएपश्चात मात्र नाका खोलिने जानकारी दिए ।

‘हामीलाई कुनै सूचनानै नदिइ भारतीय पक्षले दुवैतर्फबाट सवारीसाधन प्रवेशमा आज दिउँसोदेखि अचानक रोक लगायो । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावाससँग समन्वय गर्दा ७२ घण्टा अगाडि बोर्डर सिल हुने भनेर सूचना प्राप्त गर्यौं । थप समन्वय गरेर नाकालाई केही घण्टाका लागि सहज गर्न आग्रह गरेका छौं । आज रातीदेखि आइतबार साँझसम्मका लागि पूर्ण रुपले बोर्डर बन्द नै रहनेछ,’ पौडेलले यात्राडेलीलाई टेलिफोन संवादमा भने । साधारण सवारीसाधन प्रवेशमा रोक लागेपनि अत्यावश्यक सामग्री बोकेका गाडी भने निर्वाध रुपले प्रवेश गर्न मिल्ने उनले प्रष्ट पारे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]