०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

चौधरी गुप्र द्वारा सि जि पोलिटेक्निक शाखा कार्यालयमा कक्षा शुभारम्भ

Logo
प्रकाशित शुक्रबार, पुष ०१, २०७९

खुरसेद हजाम /नवलपरासी / १ पुस
पश्चिम नवलपरासीको प्रतापपुरमा “चौधरी गुप्र द्वारा  संचालित सि जि पोलिटेक्निक शाखा कार्यालयमा आजबाट कक्षा शुभारम्भ “ भएको  छ  । हाल सिजी पोलिटेक्निक शाखा कार्यालय प्रतापपुर मा इलेक्ट्रिकल तर्फ ७२ जना र मेकानिकल तर्फ ५२  जना विद्यार्थी भर्ना भएका छन् ।
कक्षा विहान ७ बजे बाट सॉझ ६ बजे सम्म चल्ने  सिजी पोलिटेक्निकका प्रिन्सिपल शिव हरी ढकालले जानकारी दिनुभयो । आज एक कार्यक्रम बीच लुम्विनी प्रदेश सभा सदस्य माननीय देवकरण कलवार ( सन्तु )को प्रमुख आथित्यतामा कार्यक्रम विच कक्षा शुभारम्भ गरिएको थियो  ।
उक्त कार्यक्रम प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेश चन्द्र यादव को अध्यक्षतामा भएको थियो भने कार्यक्रममा वडा नम्बर ७ प्रतापपुर का वडा अध्यक्ष हरेन्द्र यादवले स्वागत मन्तब्य राख्नु भयो भने चौधरी गुपका बरिष्ठ महाप्रवन्धक मधु सुदन ज्ञावलीले कार्यक्रम र सीप मुलक तालिमको बारेमा प्रकास पार्नुभयो।
उक्त कार्यक्रम मा आफ्नो मन्तब्य राख्दै  प्रमुख अतिथी कलवारले विकास र सम्वृद्धि लाई मुख्य लक्ष्य राखेर राजनीतिमा आउनु भएका संघीय सांसद विनोद चौधरी ले यस नवल परासी पश्चिम लाई देशको एक उदाहरणीय जिल्लाका रूपमा अगाडी बढाउने सपना र योजनाका साथ अगाडी बढ्दै गर्दा यहांका युवा र किसान हरू लक्षित कार्यक्रम शुरू गर्नु भएको प्रति धन्यवाद र खुसी  धन्यवाद दिनु भयो। उहॉले माननीय चौधरी ले देख्नु भएको समृद्धि को सपनामा यस पोलिटेक्निकबाट उत्पादन भएका जनशक्तिले साथ दिने र उच्च योग्यताका विद्यार्थी हरू उत्पादन हुनेमा पनि विश्वास राख्नु भयो।
कार्यक्रम मा कार्यक्रमका सभाअध्यक्ष तथा प्रतापपुर गा पा का अध्यक्ष उमेश चन्द्र यादवले संघीय सांसद विनोद चौधरी गर्नु भएको युवा स्वरोजगार र विकास केन्द्रित राजनीतिको पहिलो पाईला स्वरूप सुस्ता गाॅउ पालिकामा केरा बाट उत्पादन हुने चिप्स उद्योग र प्रतापपुर मा बहु उदेश्य सहितको टेक्निकल स्कुलको स्थापनाको पहिलो खुट्किला शुरू भएको जनाउनु भयो।  पोलिटेक्निक स्कुलमा अध्ययन गर्न भर्ना भएका विद्यार्थीलाई शुभ कामना दिदै प्रतापपुर गाॅउपालिका सधै युवाहरूको सीप बिकासमा साथ रहने जानकारी दिदै प्राबिधिक शिक्षामा सहयोग गरेको मा चौधरी ग्रुप तथा सि जि पोलिटेक्निक परिवारलाई धन्यवाद दिनु भयो।
माननीय विनोद चौधरीको जन सम्पर्क कार्यालय नवलपरासी पश्चिम का जन सम्पर्क अधिकृत यज्ञ पाण्डेले उक्त कार्यक्रम संचालन गर्नु का साथै आजै उक्त शिक्षालयमा भर्ना भएका विद्यार्थीहरूलाई सि जि पोलिटेक्निक का प्रशिक्षकहरू ओरिएंटेशन कक्षा पनि शुरू गर्नु भयो । उक्त पोलिटेक्निक स्कुलको उद्घाटन चौधरी गुप्र प्रवन्ध निर्देशक निर्वाण चौधरीले यस अगाबै गर्नु भएको थियो ।  तस्विर संलग्न छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!