२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

जुम्ला प्रहरीले व्राउन सुगर धुलोपदार्थ सहित २ जना युवाहरु पक्राउ

Logo
प्रकाशित शनिबार, पुष ०२, २०७९

ABC (क्राईमबिट)
जुम्ला । विशेष सूचनाका आधारमा प्रहरीले ब्राउन सुगरसहित २ युवा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोशीले बताए।

तातोपानी गाउँपालिका- ८ घर भई हाल चन्दननाथ नगरपालिका-६ बसपार्कमा कोठा डेरा लिई बस्ने अन्दाजी २० वर्षीय रोशन शाही र चन्दननाथ नगरपालिका-६ बस्ने अन्दाजी २० प्रवीन रावललाई शुक्रवार बिहान १०:३० बजे गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट सादापोसाकमा खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

दुवै जनालाई संगै हिडिरहेको अबस्थामा फेला पारी निज दुबै जना मध्ये पहिला रोशन शाहीलाई कानून बमोजिम खान तलासी गर्दा रोशन शाहीले तल्लो शरीरमा लगाएको ट्राउजरको बायाँ खल्तीमा प्लाष्टिको दुई पुरिया ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ प्लाष्टिक हटाई तत्काल मान्यता प्राप्त तराजुले तौल गर्दा ११ मिलिग्राम फेला परेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!