२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

जुम्ला प्रहरीले व्राउन सुगर धुलोपदार्थ सहित २ जना युवाहरु पक्राउ

Logo
प्रकाशित शनिबार, पुष ०२, २०७९

ABC (क्राईमबिट)
जुम्ला । विशेष सूचनाका आधारमा प्रहरीले ब्राउन सुगरसहित २ युवा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोशीले बताए।

तातोपानी गाउँपालिका- ८ घर भई हाल चन्दननाथ नगरपालिका-६ बसपार्कमा कोठा डेरा लिई बस्ने अन्दाजी २० वर्षीय रोशन शाही र चन्दननाथ नगरपालिका-६ बस्ने अन्दाजी २० प्रवीन रावललाई शुक्रवार बिहान १०:३० बजे गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट सादापोसाकमा खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

दुवै जनालाई संगै हिडिरहेको अबस्थामा फेला पारी निज दुबै जना मध्ये पहिला रोशन शाहीलाई कानून बमोजिम खान तलासी गर्दा रोशन शाहीले तल्लो शरीरमा लगाएको ट्राउजरको बायाँ खल्तीमा प्लाष्टिको दुई पुरिया ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ प्लाष्टिक हटाई तत्काल मान्यता प्राप्त तराजुले तौल गर्दा ११ मिलिग्राम फेला परेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]