२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङको तुलसीपुरमा १ युवामाथि मरणासन्न हुने गरि सामुहिक कुटपिट कारण यस्तो ??

Logo
प्रकाशित शनिबार, पुष ०२, २०७९

ABC (क्राईमबिट)
दाङ । शान्तिनगर गाउँपालिका वडा नं.६ निवासी २५ वर्षीय दुर्गा कुँवरमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो साढे ११ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित श्रीगैंमा कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

आफ्नी श्रीमती दिदीको घर गएको अबस्थामा कुँवर पनि त्यही सँगै गएका थिए । त्यहाँ गएको बेला विवाद भएको थियो । विवाद भएपछि श्रीमती र उनकी दिदी मिलेर बाहिरबाट चुकुल लगाएर कुँवरलाई भित्र हुले । त्यसपछि केही स्थानीय आएर कुटपिट गरेका थिए ।
करिब ७ मिनेटसम्म कुटपिट पछि इलाका प्रहरी कार्यालय तुलसीपुरको टोली त्यहाँ पुगेर उद्धार गरेको थियो । प्रहरी पुग्दा उनलाई हातखुट्टा बाँधिएको अवस्थामा राखिएको एक स्थानीयले बताए । प्रहरीले उनको उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकालागि लगिएको थियो । अहिले उनको अवस्था सामान्य छ ।

कसरी भयो घटना ?
६ बर्ष अघि दुर्गा विहे गरेर मलेसिया गए । मलेसिया गएपनि उनकी श्रीमती र उनीबीच दुई बर्षसम्म सम्बन्ध राम्रै थियो । कुराकानी पनि भइरहन्थ्यो । श्रीमानले श्रीमतीलाई पैसा पनि पठाईरहेका थिए । तर, दुई बर्षपछि उनीहरुबीचको सम्बन्धमा दरार आएको थियो ।

पारिवारिक स्रोतका अनुसार सम्बन्धमा ददार आइरहेपछि सम्बन्ध विच्छेद गर्ने भनि कुँवर मलेसियाबाट केही दिन अघि मात्रै घरमा आएका थिए । उनीहरुबीच सम्बन्ध विच्छेद गर्ने कुरा थियो । त्यही सल्लाह गर्न उनकी श्रीमतीले दिदीको घर श्रीगैंमा बोलाकी थिइन् ।

श्रीगैंमा बोलाउँदा उनकी श्रीमती, दिदी र सासु थिए । त्यहाँ उनीहरुबीच केहीबेर कुरा पछि विवाद भयो । विवाद भएपछि श्रीमती, दिदी र सासुले कुँवरलाई भित्र हुलेर बाहिर चुकुल लगाईदिए । त्यसपछि उनीहरुले स्थानीय जनप्रतिनिधि र प्रहरीलाई बोलाए ।

उनीहरुको विवाद मिलाउन आएका स्थानीयहरु उल्टै केटामाथि कुटपिट गर्न तम्सिए । स्रोतका अनुसार त्यहाँ प्रहरी र जनप्रतिनिधि पनि आएका थिए । तर, युवकलाई कुटपिट गर्दा पनि प्रहरी र जनप्रतिनिधि रमिते बनेर हेरिरहेका थिए । यस विषयमा प्रहरीले अनुसन्धान थालिरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।