२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नियमविपरीत सवारी चलाउने १४ हजार चालकहरु कारवाही इन्स्पेक्टर : परियार

Logo
प्रकाशित शनिबार, पुष ०२, २०७९


(सागर थापा)
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिनाको अवधिमा नियमविपरीत सवारी चलाउने १४ हजार ३ सय ५० चालक कारबाहीमा परेका हुन् ।


मापदण्डविपरीत सवारी चलाउनेबाट ९५ लाख बढी राजस्व संकलन भएको छ । चालुवर्षको साउनदेखि कार्तिक मसान्तसम्म ट्राफिक नियम उल्लंघन गर्ने १४ हजार ७ सय सवारी चालकबाट ९५ लाख ५१ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियारले जानकारी दिए । जिल्लामा चालुवर्षको कार्तिक महिनामा सबैभन्दा बढी सवारी चालक कारबाही परेका छन् ।
कार्तिक महिनामा मात्रै ४ हजार ७ सय ५० सवारी चालक कारबाहीमा पर्दा ३१ लाख ४२ हजार ५ सय राजस्व संकलन भएको छ । साउन महिनामा २ हजार ८ सय ५० सवारी चालक कारबाहीबाट १९ लाख १५ हजार रूपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख परियारले जानकारी दिए ।

यस्तै, भदौ महिनामा तीन हजार ६ सय कारबाहीमा २३ लाख ६५ हजार रूपैयाँ राजस्व संकलन भएको उनले बताए । असोजमा ३ हजार १ सय ५० सवारी चालक कारवाहीबाट २१ लाख २८ हजार ५ सय रूपैयाँ राजस्व संलकन भयो । कार्तिकमा ४ हजार ७ सय ५० कारबाहीबाट ३१ लाख ४२ हजार ५ रूपैयाँ राजस्व संकलन भएको उनको भनाइ छ ।


मोटरसाइकल चालकबाट बढी उल्लंघन
सबैभन्दा बढी मोटरसाइकल चालक कारबाहीमा परेका छन् । जसमा ५ हजार ८ सय ४७ जना मोटरसाइकल चालक रहेको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । २ हजार ४ सय ७५ ट्रक चालक, १ हजार ८ सय ८३ जीपकार, १ हजार ७ सय ७९ बस, १ हजार ३ सय ११ टेम्पु चालक रहेका छन् । सबैभन्दा कम टेक्टर चालक रहेका छन् ।
१ हजार ५५ जना टेक्टर चालक चालक पक्राउ परेको विवरणमा उल्लेख गरिएको छ । विना कागजपत्र चलाउने, तिब्र गतिमा कुदाउने, स्पष्ट नम्बर प्लेट नभएका, स्वरूप परिवर्तन गरेर बाइक चलाउने चालक चालक कारबाहीमा परेका हुन् ।
तीन वर्षमा तीन करोड राजस्व
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले तीन आर्थिक वर्षमा १७ हजार बढी सवारी साधनका चालकलाई कारवाही गरेको छ । आर्थिक ०७६/०७७, ०७७/०७८ र ०७८/ ०७९मा १७ हजार ७५ जनालाई कारवाही गरिएको हो । ट्राफिक नियमविपरीत सवारी चलाउँदा कारवाहीमा परेका सवारी चालकबाट दुई करोड ९६ लाख ३२ हजार रूपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख परियारले जानकारी दिए ।
गत आर्थिक वर्ष ०७८/०७९ मा ४ हजार २ सय ४० सवारी चालक कारवाही गर्दा २६ लाख ३४ हजार ३ सय रूपैयाँ राजस्व संलकन भएको छ । जसमा ४ सय १३ बस, १ हजार २४ ट्रक, जीपकार ४ सय ७६, मोटरसाइकल १ हजार ५ सय ९, टेक्टर ४ सय ३१, टेम्पु ३ सय ८४ कारबाहीमा परेका थिए ।


०७७/०७८ मा ५ हजार ६ सय ३८ सवारी चालक कारबाहीबाट ३३ लाख ८५ हजार ३ सय ५० रूपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख परियारले जानकारी दिए । जसमा बस ४ सय ६९, ट्रक १ हजार ८ सय ४०, जीपकार ५ सय ९२, मोटरसाइकल १ हजार ८ सय ३७, टेक्टर ४ सय ५५, टेम्पु ४ सय ४३ कारबाहीमा परेका थिए ।
०७६/०७७ मा ३ हजार ७ सय ४६ सवारी चालक कारवाहीमा पर्दा २३ लाख ७३ हजार ५० रूपैयाँ राजस्व संकलन भएको हो । जसमा बस ४ सय ७५, ट्रक ७ हजार ८ सय ९९, जीपकार ४ सय ६०, मोटरसाइकल १ हजार २ सय ७६, टेक्टर तीन सय ९४, टेम्पु ३ सय ४९ रहेका छन् ।
ट्राफिक प्रमुख परियारले मापसे गरेर सवारी चलाएका, सिटबेल्ट नलगाएका, ओभरलोड, छतमा यात्रु राखेका, प्रयोजन विपरीत, लेन अनुशासन उल्लंघन गरेकाहरू कारवाहीमा परेका छन् । परियारले दुर्घटना न्यूनीकरणको प्रयास ट्राफिक प्रहरीले गरिरहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!