०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

उखु किसानहरुलाई तत्कालका लागि प्रतिकुईन्टल रु ५२० रुपैया चिनी उद्योगबाट भुक्तानी पाउने

Logo
प्रकाशित सोमबार, पुष ०४, २०७९

खुरसेद हजाम /नवलपरासी,/ ४ पुस
पश्चिम नवलपरासीमा उखु किसानहरुलाई तत्कालका लागि प्रतिकुईन्टल रु ५२० रुपैया चिनी उद्योगबाट भुक्तानी पाउने भएका छन् । यस क्षेत्रबाट निर्वार्चित संघीय सांसद विनोद चौधरी र प्रदेश सांसद देवकरण प्रसाद कलवार ( सन्तु ) को पहलमा उद्योग सञ्चालनहरु भएको छलफलका आधारमा उक्त रकम दिन उद्योगहरु तयार भएका हुन् ।
सरकारले उखुको समर्थन मुल्य तोकि नसकेको अवस्थामा तत्कालका लागि चिनी उद्योगबाट प्रतिकुईन्टल रु ५२० रुपैया किसानले पाउने गरी उद्योगहरु सहमती देखिएका छन् । जस अनुसार किसानले उद्योगमा उखु बापत उक्त रकम पाउने भएपछि तत्कालका लागी किसानहरु खुसी भएका छन् ।
जो होस अघिल्लो अघिल्लो बर्ष बर्षौसम्म वाकीमा उखु दिनुपर्ने र भुक्तीनी लिन विभिन्न समस्या झेल्दै आएका किसानहरुले यस पटक समयमै यस क्षेत्रबाट निर्वार्चित जनप्रतिनिधीहरुले गरेको पहलका कारण उद्योगहरु प्रतिकुईन्टल रु ५२० रुपैया किसानलाई तत्कालै भुक्तानी दिन थालेपछि किसानहरुले राहतको महशुस गरेका छन् ।
जिल्लामा बागमति, ईन्दिरा र लुम्बिनी चिनी मिल गरि तीन वटा ठुलो चिनी मिलहरु छन । किसानहरुको समस्या प्रति सरकारले ध्यान नदिएकै कारण किसानहरु थप पिडित बन्दै जाँदा उखु खेती घटदै गएको छ । जिल्लामा कुल साढे सात हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुदै आएको थियो तर अहिले घटेर ५ हजार हेक्टर क्षेत्रफलमा सिमिति भएको छ । फाईल फोटो संलग्न छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

(ABC-Sanchar) काठमाडौं । नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ । भारत सरकारले नेपालमा ३ लाख […]

  (ABC-Sanchar) दाङ । लमही नगरपालिका ५ सनलाइट चोकमा सारथी मार्ट मिनिमार्रकेट संचालनमा आएको छ। दशैंको शुभ अवसर चाहलपहल पारेर एक औपचारिक कार्यक्रमबीच मार्टको उद्घाटन गरिएको छ । कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथिहरुले पानसमा बत्ति बालेर र रिबन काटेर उद्घाटन तथा शुभारम्भ गर्नुभएको हो। उद्घाटन तथा शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी देउखुरी उघोग वाणिज्य संघका अध्यक्ष कमल […]