२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

५ वर्ष कैद फैसला भएका फरार प्रतिवादी पक्राउ

Logo
प्रकाशित सोमबार, पुष ०४, २०७९

लागुऔषध मुद्दाका एकजना फरार प्रतिवादीलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही घर भएका नारायण बस्याल छन् । २०७४ भदौ २१ मा उच्च अदालत तुलसीपुर दाङले बस्याललाई ५ वर्ष कैद र ५ हजार जरिवाना हुने फैसला गरेको थियो ।२०७२ भदौ ७ मा बस्याल २ ग्राम ३ सय मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए । जिल्ला अदालतबाट १० हजार जरिवाना तिरेर छुटेका बस्यालविरुद्ध सरकारी वकिल कार्यालयले पुनरावेदन गरेको थियो । उच्च अदालतको फैसलापछि बस्याल विदेशमा लुकेर बसेका थिए ।नेपाल फर्केको सुराक पाएपछि इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर जगन्नाथ मरासिनी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । जिल्ला अदालत रुपन्देहीको आदेशले उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी श्यामु अर्यालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]