०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

भैरहवा सिद्धार्थनगर नगरपालिकाले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा प्रतिबन्ध

Logo
प्रकाशित सोमबार, पुष ०४, २०७९


(ABC-Sanchar)
भैरहवा । सिद्धार्थनगर नगरपालिकाको कार्यपालिका बैठकले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। बैठकले गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

सुर्तीजन्य तयारी पदार्थको सेवनले जनस्वास्थ्यमा असर गर्नाका साथै सोबाट निस्किने फोहोरले नगरको सौन्दर्यतामा समेत असर पारेकाले नगर क्षेत्रमा यस्ता पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए।

नगरपालिका कार्यालयले गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्धको ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ। ३५ दिनपश्चात् पनि गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरण गरेको पाइएमा प्रत्येक पटक व्यवसायीलाई पाँच हजारका दरले जरिवाना लिइने पौडयालले बताए।

सिद्धार्थनगरलाई ‘क्लिन’, ‘ग्रिन’ र ‘इको फ्रेन्डली सिटी’ बनाउनु नगरपालिकाको उद्देश्य रहेको बताउँदै सिद्धार्थनगर नगरपालिका प्रमुख इस्तियाक अहमद खानले त्यसै अनुरूप गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको जानकारी दिए। उनले यस निर्णयले सुरुआती चरणमा व्यवसायी र गुट्खा पारखीहरूलाई समस्या जस्तो अनुभूति हुन सक्ने भए पनि यसले नगर सुन्दर र सफा राख्न मद्दत पुग्ने बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!