२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

जुम्लाका कैदी बन्दी१२ वर्ष देखि नदीको पानी पिउन बाध्य किन ??

Logo
प्रकाशित मंगलबार, पुष ०५, २०७९

(ABC-Sanchar)
जुम्ला । खानेपानीको अभाव देखिएको छ। पर्याप्त मात्रामा खानेपानीको आपूर्ति नहुँदा कारागारका बन्दीलाई पिउने, नुहाउने र कपडा धुने पानीको संकट भएको हो। दैनिक बिहान–बेलुका गरी २ घण्टा मात्र पानी आउने धारामा कैदीलाई लाइन लाग्नुपर्ने वाध्यता छ।

कारागारमा खानेपानी अभाव भएपछि कैदीबन्दीले गर्ने दैनिक क्रियाकलापमा प्रत्यक्ष असर पुगेको छ। कारागार जुम्लामा अनुसार यो समस्या अहिलेको होइन,१२ वर्षदेखि हो। कैदीले पहिले देखि बगिरहेको तिला नदीको पानी पिइरहेका छन्। २ सय कैदी बन्दीको क्षमता रहेको जुम्ला कारागारमा १ सय १० जना कैदीहरु छन्। जसमध्ये १ सय ८ पुरुष र २ महिला हुन्।

कैदीबन्दीको लागि एउटा मात्र धारा छ, त्यो पनि नियमित आउँदैन, नियमित पानी नआउँदा सरसफाइका क्रियाकलापमा कमी आउने गरेको जेलर बिष्णुबहादुर महतले जानकारी दिए। उनले भने संचालनमा रहेको धारामा नियमित पानी नआएकै कारण समस्या छ।साँझ र बिहान गरी २ घण्टा मात्रै धारामा पानी आउँछ। यहाँ दैनिक १० हजार लिटर पानीको जरुरत छ।

२ घण्टा आउने पानीले समस्या समाधान नहुने भन्दै जेलर महतले नियमित पानी आए मात्रै यो समस्या हट्ने बताए। उनका अनुसार अपुग पानी जेनेरेटर मार्फत तिला नदीबाट तान्छौ। अहिले कारागारमा पानीको संकट परेको छ। जेनतेन अहिले थुनवा र कैदीलाई आवश्यक पर्ने पानीको बन्दोबस्त गरिएको कारागार जुम्लाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।