२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सशस्त्र प्रहरी डिआइजीकै मिलेमतोमा खुलेआम तस्करी जारी

Logo
प्रकाशित मंगलबार, पुष ०५, २०७९

ABC (क्राईमबिट)
झापा । अर्थ मन्त्रालयले राजश्व घटेको भन्दै सीमा क्षेत्रको तस्करीमा कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । तर, सुरक्षा निकायहरु भने सेटिङमा व्यस्त छन् । चुनावको मौकामा संगठित रुपमा तस्करी हुँदा राजश्व घटेको स्रोत बताउँछ ।

एक नम्बर प्रदेश र मधेस प्रदेशका केही नाकाबाट व्यापक तस्करी भएको गृह मन्त्रालयको रिपोर्ट छ । झापाको काकडभिट्टा, मोरङको जोगबनी, सप्तरीको तिलाठी, सिरहाको माडर, महोत्तरीको सम्सी नाकाबाट सुरक्षा निकायको मिलेमतोमा तस्करी भएको छ । बारा, पर्सा, रौतहटका केही नाकाबाट समेत तस्करी रोकिएको छैन
काकडभिट्टाबाट बिओपी काकडभिट्टाकै मिलेमतोमा तस्करी धन्दा चलेको हो । बाहिनीपति डिआइजी कमल गिरिको संरक्षणमा इन्सपेक्टर निर्मल बस्नेतले लाइन मिलाएको स्रोत बताउँछ । माओवादी केन्द्रका अध्यक्ष प्रचन्डको बडिगार्ड बसेकै आधारमा त्यहाँ गएका बस्नेत र जोगबनी पुगेका इन्सपेक्टर बुद्ध श्रेष्ठ नेताहरुकै पावरमा लाइन खुलाएका हुन् ।

मोरङका एसपी राजकुमार लामिछानेले सहायक हबल्दार पूर्ण लिम्बुलाई घुमुवा खटाएर व्यापक तस्करी गराएको आरोप लागेको छ । तस्करीकै कारण सप्तरीमा एसी परिवर्तन भए पनि तिलाठी नाकाबाट हुने तस्करी रोकिएको छैन । बिओपी तिलाठी सप्तरीमा बरिष्ठ हबल्दार राजन खड्का घुमुवा छन् । पहिलेको घुमुवालाई भने बाहिनी तानिएको छ । तिलाठीबाट वीरेन्द्र मण्डलले माछा, विश्व मेहताले रक्सी, ललन मण्डलले बिडी र कपडाको तास्करी गरेको रिपोर्ट गृह मन्त्रालयमा पुगेको छ ।

यता, सिरहाको माडरबाट हुने मदिरा तस्करी झन् बढेको छ । नेपालबाट गएको तस्करीको गाडीले किचेर एसएसबीको जवान मारिदासमेत अझै एसपी रमेशकुमार थापाको संरक्षणमा तस्करी रोकिएको छैन ।
महोत्तरीको सम्सी नाका तस्करीको लागि कहलिएको छ । त्यहाँबाट इन्सपेक्टर जयराम बस्नेतले धन्दा जारी राखेका छन् ।

बारा र पर्साका एसपी छानबिनमा तानिंदा अहिले डिएसपीले हाइसन्चो ढंगले अनियमितता गरेको प्रहरी अधिकाीहरु बताउँछन् । बारामा डिएसपी अमर खत्रीले पहिले आफ्नै सिफारिसमा राखेका सइ होम खत्रीलाई अहिले पनि घुमुवामा निरन्तरता दिएका छन् । हाकिमलाई समेत सेटिङ मिलाएकाले केही बिओपी इन्चार्जहरु कारबाहीबाट जोगिदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]