२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल प्रहरीका ८ जना एसपीहरुको सरुवा लुम्बिनी प्रदेश ट्राफिक प्रमुखमा:अधिकारी

Logo
प्रकाशित मंगलबार, पुष ०५, २०७९

(सागर थापा)

दाङ । प्रहरी प्रधान कार्यालयले जारी गरेको सूची अनुसार ८ वटा जिल्लामा कमाण्डर फेरिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा प्रदेश ट्राफिक प्रमुखको जिम्मेवारी सहित सरुवा भएका छ्न ।

प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीलाई जिल्ला प्रहरी कार्यालय झापामा सरुवा गरिएको छ । पर्सामा कोमल शाह, धनुषामा विश्वराज खड्का, सर्लाहीमा नरेशराज सुवेदी, सिन्धुलीमा राजकुमार सिलवाल र बाँकेमा सन्तोष सिंह राठौरलाई काज सरुवा गरिएको छ । कैलाली जिल्ला इन्चार्जमा देवेन्द्र बहादुर पाल र सुर्खेतमा योगेन्द्र सिंह थापालाई काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ट्राफिक व्यवस्थापन कार्यालय बारामा सन्तोष कुमार भट्टराई, नेपाल प्रहरी विशेष कार्यदलमा सुधिर राज शाही र सोमेन्द्र सिंह राठौरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गरिएको छ । राठौर कैलाली जिल्लाबाट अपराध अनुसन्धान कार्यालयमा सरुवा भएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!