०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

पूर्वराजा ज्ञानेन्द्र शाह परिवार बुधबार जनकपुर जाने कार्यक्रम रहेको छ

Logo
प्रकाशित बुधबार, पुष ०६, २०७९

(ABC-Sanchar)
काठमाडौं । निजी भ्रमणको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह निर्वाचनलगत्तै
गत मंसिर ६ गते पूर्वरानी कोमल र छोरी प्रेरणा, निजी सचिव डा.सागर तिमल्सिनासहित झापा पुगेका थिए । झापामा निजी कार्यक्रम रहेको जानकारी गराए पनि पूर्वराजा शाहले केही राजनीतिक भेटघाटसमेत गरेको उच्च स्रोतले जनाएको छ ।

झापा भ्रमणलगत्तै भोलि पुस ७ गते ज्ञानेन्द्र जनकपुर भ्रमणमा निस्कन लागेका हुन् । जनकपुर भ्रमणअघि ज्ञानेन्द्रका सुरक्षा टोलीले जनकपुर पुगेर रेकी गरेका थिए । त्यहाँको सुरक्षा अवस्था र सुरक्षा निकायँग छलफलपछि जनकपुर भ्रमण तय भएको हो । जनकपुरमा उनी होटल सोल्टीमा बस्ने कार्यक्रम रहेको छ ।

स्रोतले भन्यो ‘अहिलेसम्म जनकपुरको भ्रमण तय भएको छ । त्यसपछि के के कार्यक्रम तय हुन्छ जानकारी छैन । जनकपुरमा राम जानकी मन्दिर दर्शन गरी विशेष पूजा गर्ने कार्यक्रम रहेको छ । त्यहाँ केही भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।’

चार दिनको जनकपुर बसाइपछि पूर्व राजपरिवार पुस १० गते चितवन जाने कार्यक्रम रहेको छ । चितवनमा ‘क्रिसमस डे’ मनाउने गरी सपरिवार सहभागी हुने कार्यक्रम रहेको छ
चितवनमा पूर्व युवराज्ञी हिमानी, नातिनीद्वय पूर्णिका र कीर्तिका, नाती हृदयन्द्रलगायत आफन्त भेला हुने कार्यक्रम तय भएको छ ।

चितवनपछि उनीहरूको सिमरा भ्रमणमा निस्कने कार्यक्रम रहेको छ । सिमरापछि काठमाडौं फर्कने वा फेरि झापामै अंग्रेजी नयाँ वर्ष मनाउने भन्ने विषयमा केही दिनमा निर्णय हुने स्रोतको भनाइ छ। नेपाल समाचारपत्र दैनिक

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा सरूवा भई जान लाग्नुभएका प्रहरी निरीक्षक पावल सिंह लामा लाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट एक कार्यक्रमकोबीच विदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सरूवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक पावल सिंह लामालाई मायाको […]

ABC (क्राईमबिट) काठमाडौं । उपत्यका अपराधअनुसन्धान कार्यालयको टोलीले दरबारमार्गबाट ९८ लाख नगदसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुई जना हुन्डी कारोबारी हुन सक्ने काठमाडौं उपत्यका अपराधअनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिने बताए !!

ABC (क्राईमबिट) पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले आज नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, गण्डकी प्रदेश प्रहरी गण पोखरा, गण्डकी प्रदेश प्रहरी अस्पताल पोखरा र गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेको केनाईन शाखा समेतको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । निरीक्षणको क्रममा प्रहरी नायब महानिरीक्षक सिंहले सम्पूर्ण कार्यालयहरुको भौतिक संरचना, […]