२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

नयाँ प्रधानमन्त्री छान्न सिंहदबार परिसरमा नेपाली काङ्ग्रेसको राजनीतिक सरगर्मी

Logo
प्रकाशित बुधबार, पुष ०६, २०७९


(ABC-Sanchar)
काठमाडौँ । तराई मधेससहित मुलुकका सबै भागमा चिसो ह्वात्तै बढेका बेला सिंहदरबार परिसरमा भने एकाएक राजनीतिक सरगर्मी बढेको छ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट देशको सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको उम्मेदवारी दर्तासँगै मुलुकको राजनीतिको केन्द्रका रूपमा रहेको सिंहदरबार क्षेत्रमा राजनीतिक चहलपहल बढेको हो।

नेपालको राजनीतिमा लामो योगदान र पृष्ठभूमि रहेको कांग्रेस संसदीय दलको चुनावका कारण प्रतिनिधिसभा सदस्य निर्वाचनको घोषणपछि सुनसान रहेको सिंहदरबार परिसर पुसको चिसोमा पनि आइतबारदेखि एकाएक तातेको छ।

मुलुकको आगामी दिशा मार्गनिर्देश गर्ने भएकाले सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको नेतृत्व छान्नका लागि हुन लागेको यस निर्वाचनलाई मुलुकभित्र र बाहिर सबै क्षेत्रबाट ठूलो चासो तथा कौतुहलतासाथ हेरिएको छ।

प्रधानमन्त्री एवं पार्टीसभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच हुने चुनावी प्रतिस्पर्धालाई दलभित्र आन्तरिक जीवन र बाह्य राजनीतिक दृष्टिकोणबाट बेग्ला–बेग्लै ढङ्गले जोडघटाउ र विश्लेषण गरिएको छ। कांग्रेसको नेतृत्व चयनका लागि अहिले केहीबेरमै मतदान सुरु हुनेछ। सिंहदरबार परिसरमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा मङ्गलबार भएको निर्वाचनको उम्मेदवारी दर्ताका क्रममा नेता, कार्यकर्ता र शुभचिन्तकको भीड लागेको थियो।

निर्वाचनको अन्तिम नतिजा आएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी प्रधानमन्त्रीका लागि यही पुस १० गतेभित्र दाबी पेस गर्न सात दिनको समयसीमा प्रदान गरी यसअघि नै आह्वान गरिसक्नुभएको छ। राष्ट्रपतिको उक्त आह्वानपछि राजनीतिक दलले आ–आफ्नो दलभित्र संसदीय दलको नेता चयन गर्ने कार्यलाई तीव्रता दिएका हुन्।

निर्वाचनको पछिल्लो नतिजाले मुलुकका प्रमुख राजनीतिक शक्तिलाई मिलेर सरकार चलाउन सन्देश प्रदान गरेकाले पनि स्वभाविकरूपमा ठूलो राजनीतिक पार्टीका हैसियतले कांग्रेसले अरु राजनीतिक दलसँग संवाद सुरु गरेको छ। दोस्रो ठूलो शक्ति नेकपा (एमाले) पनि अङ्क गणितीय जोडघटाउका साथ सहकर्मी राजनीतिक दलसँग छलफल र परामर्शमा रहेको छ। नवनिर्वाचित सांसदको शपथको तयारी र सरकार गठनलगायतका कारण प्रमुख नेताहरूबीच हुने छलफल र भेटवार्ता तथा नवनिर्वाचित सांसदहरू आउने क्रम बढेकाले सिंहदरबार परिसरको सरगर्मी निकै बढेको छ।

संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका कार्यालय पनि यहीँ नै भएका कारण सिंहदरबार क्षेत्रमा आज बिहानदेखि चहलपहल र आवतजावत बढेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!