०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

प्रहरी वृत सोह्रखुट्टेको हिरासतमा रहेका थुनुवा प्रहरीको घेरा तोडेर थुनुवा फरार

Logo
प्रकाशित बुधबार, पुष ०६, २०७९

प्रहरी वृत सोह्रखुट्टेको हिरासतमा रहेका थुनुवा प्रहरीको घेरा तोडेर भागेका छन् । बुधवार दिउँसो लागुऔषध मुद्दामा थुनामा रहेका भारतिय नागरिक सचिन कुमार भागेका हुन् ।१९ वर्षका सचिन कुमारलाई म्याद थप गर्न जिल्ला अदालतमा उपस्थित गराएको अवस्थामा भागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । फरार थुनुवाको खोजीमा काठमाडौं उपत्यकामा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।१९ वर्षका सचिन कुमारलाई म्याद थप गर्न जिल्ला अदालतमा उपस्थित गराएको अवस्थामा भागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । फरार थुनुवाको खोजीमा काठमाडौं उपत्यकामा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।पुस १ मा काठमाडौंको बागबजारबाट नियन्त्रणमा लिएपछि झापाको तोपगाछी नगरपालिका–१ घर भएका ४० वर्षीय राजेन्द्र थापा पनि भागेका थिए । प्रहरी वृत सिंहदरबारको टोलीलाई छक्याएर भागेका थापालाई प्रहरीले पुन: कोटेश्वर क्षेत्रबाट पक्राउ गरेको थियो । उनी पनि लागुऔषध मुद्दाका आरोपी हुन् । प्रहरीको लापरवाहिका कारण उपत्यकामा मुद्दा अनुसन्धानको क्रममा रहेका थुनुवाहरु हिरासत र अदालत भित्रैबाट भाग्ने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!