२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

प्रहरी वृत सोह्रखुट्टेको हिरासतमा रहेका थुनुवा प्रहरीको घेरा तोडेर थुनुवा फरार

Logo
प्रकाशित बुधबार, पुष ०६, २०७९

प्रहरी वृत सोह्रखुट्टेको हिरासतमा रहेका थुनुवा प्रहरीको घेरा तोडेर भागेका छन् । बुधवार दिउँसो लागुऔषध मुद्दामा थुनामा रहेका भारतिय नागरिक सचिन कुमार भागेका हुन् ।१९ वर्षका सचिन कुमारलाई म्याद थप गर्न जिल्ला अदालतमा उपस्थित गराएको अवस्थामा भागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । फरार थुनुवाको खोजीमा काठमाडौं उपत्यकामा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।१९ वर्षका सचिन कुमारलाई म्याद थप गर्न जिल्ला अदालतमा उपस्थित गराएको अवस्थामा भागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । फरार थुनुवाको खोजीमा काठमाडौं उपत्यकामा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।पुस १ मा काठमाडौंको बागबजारबाट नियन्त्रणमा लिएपछि झापाको तोपगाछी नगरपालिका–१ घर भएका ४० वर्षीय राजेन्द्र थापा पनि भागेका थिए । प्रहरी वृत सिंहदरबारको टोलीलाई छक्याएर भागेका थापालाई प्रहरीले पुन: कोटेश्वर क्षेत्रबाट पक्राउ गरेको थियो । उनी पनि लागुऔषध मुद्दाका आरोपी हुन् । प्रहरीको लापरवाहिका कारण उपत्यकामा मुद्दा अनुसन्धानको क्रममा रहेका थुनुवाहरु हिरासत र अदालत भित्रैबाट भाग्ने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(सैलेस बम ) दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । यहाँस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी रु ७७ लाख ५१ हजार तीन सय ४६ मूल्य बराबरको सामान […]

(एबिसि संचार )                                                                प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसीबी […]

(रबि बर्णवाल ) वीरगन्जमा रहेको नबिल बैंकबाट एक करोडभन्दा बढी रकम चोरी भएको छ ।आइतबार राती बैंकबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएपछि बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ। वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।