१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

सुन्तला खेतीबाट बेनी जिल्ला बासीहरुको जीवन स्तर फेरियो

Logo
प्रकाशित बिहिबार, पुष ०७, २०७९


(ABC-Sanchar)
बेनी । अन्नपूर्ण गाउँपालिका ७ दोसल्लका स्थानीयवासीले समेत गाउँलाई सुन्तला गाउँको रुपमा विकास गरेका छन् । करिब ५० घरधुरीको बसोबास रहेको यहाँका सबै घरधुरीमाव्यावसायिक सुन्तला खेती गरिएको छ । परम्परागत मकै, गहुँ, कोदो खेती छाडेर यहाँका स्थानीय सुन्तला खेतीमा लागेका हुन् । एक दशकयता यहाँका खेतीयोग्य जमिन र खेती गर्न छाडेर बाँझो रहेको जमिनमा समेत सुन्तला रोप्न थालिएको र सुन्तलाको उत्पादन भएमा बजारीकरणको समस्या नभएको स्थानीय कृष्ण पुनले जानकारी दिए।

म्याग्दीमा बेनी नगरपालिकासहित बरङ्जा, अर्मन, ओखरबोट, देवीस्थान, बिम, ताकम, मराङ, भगवती, पिप्ले, बेग, भुरुङ तातोपानी, दोबा, हिस्तान, घार, दाना, नारच्याङलगायतका क्षेत्र सुन्तला खेतीका लागि पकेट क्षेत्र मान्छिन् । गाउँमा अन्न बालीको लागि काम गर्ने मानिसको अभावमा बाँझिने समस्या बढिरहेको समयमा सुन्तला खेतीतर्फ बढ्दो आकर्षणले जमिनको सही उपयोगसँगै स्थानीयलाई आयआर्जनमा समेत सघाउ पुर्याएको छ ।

जिल्लाको ग्रामीण भेगसम्म सडक सञ्जालको पहुँच विस्तार भएसँगै उत्पादन भएका सुन्तलाको बजारीकरणमा सहज भएपछि किसान सुन्तलाको व्यावसायिकतर्फ उत्साहित भएर लागेका हुन् । पछिल्लो समय सुन्तला खेती गर्ने किसानलाई स्थानीय तह र कृषि ज्ञान केन्द्रलगायतका निकायबाट समेत बिरुवा खरिदमा अनुदानसँगै रोग कीरा व्यवस्थापनमा औषधिसँगै तालिमसमेत उपलब्ध भएपछि सुन्तलाको व्यावसायिकताले स्थानीयवासीको जीवनस्तरमा सुधार ल्याउनथालेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

(ABC-Sanchar) काठमाडौं । नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ । भारत सरकारले नेपालमा ३ लाख […]

  (ABC-Sanchar) दाङ । लमही नगरपालिका ५ सनलाइट चोकमा सारथी मार्ट मिनिमार्रकेट संचालनमा आएको छ। दशैंको शुभ अवसर चाहलपहल पारेर एक औपचारिक कार्यक्रमबीच मार्टको उद्घाटन गरिएको छ । कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथिहरुले पानसमा बत्ति बालेर र रिबन काटेर उद्घाटन तथा शुभारम्भ गर्नुभएको हो। उद्घाटन तथा शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी देउखुरी उघोग वाणिज्य संघका अध्यक्ष कमल […]