०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

चिसो र हुस्सुका कारण काठमाडौं त्रिभुवन विमानस्थलमा उडान प्रभावित हुँदै

Logo
प्रकाशित बिहिबार, पुष ०७, २०७९


(ABC-Sanchar)
काठमाडौँ । उपत्यकामा आज बिहानैदेखि हुस्सु/कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् ।

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सकेपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए । ‘खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छ’, उनले भने ।

मौसममा सुधार आएपछि नियमितरुपमा विमान उडान हुने महाप्रबन्धक ठाकुरले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ लगायत देशका विभिन्न जिल्लामा हाल वर्षा उच्च पहाडी क्षेत्रमा हिमपा सम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको हाे । सुदूरपश्चिम र कर्णाली प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा कालीकोटको […]

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी प्रदेश बदली रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, […]

(एबिसि संचार ) हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले बिहान कोशी, मधेस प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा छ । यस्तै, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने […]

error: Content is protected !!