१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

भन्सार राजस्वमा आयात घट्दा ६३ अर्बको गिरावट कारण यस्तो

Logo
प्रकाशित बिहिबार, पुष ०७, २०७९


(ABC-Sanchar)
काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा कुल वैदेशिक व्यापार घाटा करिब १९ प्रतिशतले घटेको छ । तर, आयातसँगै व्यापार घाटा घट्दा भन्सार राजस्व भने प्रभावित भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म कुल वैदेशिक व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख ४८ हजार रुपैयाँ बराबर छ । आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको वैदेशिक व्यापार घाटा ७ खर्ब ३५ अर्ब ४८ करोड ७६ लाख ७० हजार रहेकोमा १८.७७ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ । निर्यातमा करिब ३५ प्रतिशतको गिरावट भए पनि निर्यातभन्दा आयात करिब ९ गुणा बढी छ । आयात २० प्रतिशतले घटेका कारण व्यापार घाटा पनि घटेको हो ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आवको मंसिर मसान्तसम्म ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख ५० हजार रुपैयाँको आयात भएको छ । गत आवको सोही अवधिमा ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख ४२ हजारको आयात भएकोमा चालु आर्थिक वर्षमा २०.७१ प्रतिशतले घटेको छ ।

यस्तै गत आर्थिक वर्षको पहिलो पाँच महिनामा १ खर्ब २ अर्ब ९२ करोड ५ लाख ७२ हजार रुपैयाँको निर्यात भएकोमा चालु आवको सोही अवधिमा ३४.६१ प्रतिशतले घटेर ६७ अर्ब ३० करोड ४५ लाख २ हजार रुपैयाँको निर्यात भएको छ ।

कात्तिकसम्म ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख ८१ हजार रुपैयाँको आयात भएकोमा मंसिरमा १ खर्ब ३२ अर्ब ५ करोड ५० लाख ६९ हजार रुपैयाँको आयात भएको छ । कात्तिकसम्मको प्रतिमहिना औसत आयात १ खर्ब ३३ अर्बभन्दा बढी रहेकोमा मंसिरमा सोभन्दा कम रहेको भन्सार विभागको तथ्याङ्क छ । मंसिरमा निर्यात भने १२ अर्ब ५३ करोड १ लाख ८६ हजार रहेको छ ।

निर्यात र आयात दुबैमा सङ्कुचन हुँदा व्यापार घाटसँगै कुल वैदेशिक व्यापार पनि घटेको छ । चालु आवको पहिलो पाँच महिनामा वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.२३ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ । गत आवको मंसिर मसान्तसम्म ९ खर्ब ४१ अर्ब ३२ करोड ८८ लाख १४ हजार रुपैयाँ रहेको कुल वैदेशिक चालु आर्थिक वर्षको सोही अवधिमा ७ खर्ब ३२ अर्ब ५ करोड ९ लाख ५२ हजार रुपैयाँमा झरेको छ ।

आयात र निर्यात दुबै घटेपनि आयातको तुलनामा निर्यातको गिरावट बढी हुँदा वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि घटेर आयातको हिस्सा बढेको छ । कुल व्यापारमा गत आयातको हिस्सा गत आवको मंसिर मसान्तमा ८९.०७ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा बढेर ९०.८१ प्रतिशत पुगेको छ । यस्तै निर्यातको हिस्सा १०.९३ प्रतिशतबाट ९.१९ प्रतिशतमा झरेको छ । यस्तै आयात निर्यात अनुपात ८.१५ प्रतिशतबाट बढेर ९.८८ प्रतिशत पुगेको विभागले जनाएको छ ।

मंसिर मसान्तसम्म भएको कुल आयातमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ छ । डिजेल, पेट्रोल, एलपी ग्यास लगायतको पेट्रोलियम पदार्थ १ खर्ब ३४ अर्ब ३६ करोड १० लाख १५ हजार रुपैयाँको आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।

यस्तै स्टिल विलेट लगायत फलामजन्य बस्तु ५१ अर्ब ८५ करोड ८६ लाखको आयात हुँदा पाम, सोयाविन, सूर्यमुखी तेल लगायतका वस्तु ४५ अर्ब भन्दा माथिको आयात भएको छ ।

यस्तै विद्युतीय मेसिनरी तथा औजारहरू ४२ अर्ब ९१ करोडको आयात हुँदा मेसिनरी औजार उपकरणहरू ४१ अर्बको आयात भएको छ ।

सुन चाँदी लगायतका बहुमूल्य धातु पाँच महिनामा २९ अर्ब ३२ करोड र गाडी तथा सवारीसाधन २३ अर्ब ३४ करोडको आयात भएको विभागको तथ्याङ्क छ ।

यता सर्वाधिक निर्यात हुनेमा भने तेस्रो धेरै आयात भएको वनस्पति घ्यु, पाम, सोयाविन, सनफ्लावर लगायतका करिब १८ अर्ब १० करोडको वस्तुहरू छन् । त्यस्तै चिया कफी लगायतका वस्तु ५ अर्ब ५५ करोड ५४ लाखको निर्यात हुँदा कार्पेट तथा अन्य टेक्सटाइल ५ अर्ब ६ करोडको निर्यात भएको छ । फलाम तथा स्टिल ३ अर्ब ४९ करोडको निर्यात भएको छ ।

यस्तै मंसिर मसान्तसम्म भन्सार राजश्व डेढ खर्ब नाघेको छ । मंसिर मसान्तसम्म आयतबाट १ खर्ब ५४ अर्ब १३ करोड ३६ लाख ५४ हजार राजस्व प्राप्त भएको भन्सार विभागले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

(ABC-Sanchar) काठमाडौं । नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ । भारत सरकारले नेपालमा ३ लाख […]

  (ABC-Sanchar) दाङ । लमही नगरपालिका ५ सनलाइट चोकमा सारथी मार्ट मिनिमार्रकेट संचालनमा आएको छ। दशैंको शुभ अवसर चाहलपहल पारेर एक औपचारिक कार्यक्रमबीच मार्टको उद्घाटन गरिएको छ । कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथिहरुले पानसमा बत्ति बालेर र रिबन काटेर उद्घाटन तथा शुभारम्भ गर्नुभएको हो। उद्घाटन तथा शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी देउखुरी उघोग वाणिज्य संघका अध्यक्ष कमल […]