२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

वैदेशिक रोजगारीमा गएका ४ सय १० जना नेपाली कामदारहरु सम्पर्कविहीन

Logo
प्रकाशित बिहिबार, पुष ०७, २०७९


(ABC-Sanchar)
काठमाडौँ । वैदेशिक रोजगारीमा गएका ४ सय १० जना नेपाली श्रमिक लामो समयदेखि सम्पर्कविहीन रहेको एक अध्ययनले देखाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२’ मा विश्वका विभिन्न ४ देशमा ४ सय १० जना नेपाली श्रमिक हराएको उल्लेख छ । उनीहरू लामो समयदेखि सम्पर्कमा आउन नसकेका हुन् ।

सन् २०२१/२२ मा मात्रै सबैभन्दा धेरै युएईमा दुई सय ५४ जना हराएका छन् । जसमध्ये १९ महिला श्रमिक छन् । युएईमा २०२० मा १० जना मात्रै हराएको तथ्याङ्क थियो । २०२१ मा त्यो संख्या बढेर १२ पुगेको थियो । तर एक वर्षमै यति ठूलो संख्यामा नेपाली श्रमिक हराएको प्रतिवेदनमा उल्लेख छ । युएईपछि मलेसियामा यो संख्या धेरै छ । २०२१/२२ मा मलेसियामा एकसय पाँच जना हराएका छन् । मलेसियामा हराउने क्रम घटेको तथ्याङ्कले देखाएको छ । तीन वर्ष पहिले तीन सय जना हराएकोमा अहिले त्यो संख्या घटेको हो ।

यस्तै कुवेतमा पनि १० महिलासहित ४८ जना यो वर्ष हराएका छन् । यस्तै साउदी अरबमा २ र ओमानमा १ जना हराएका छन् । यो संख्या दूतावासमा वा परराष्ट्रमा खोजी गरिदिनको लागि आएका निवेदनका आधारमा तयार पारिएको प्रतिवेदनमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]