२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

३ दलको छलफल पछी प्रचण्डलाई प्रधानमन्त्री बनाउन देउवा सकारात्मक

Logo
प्रकाशित बिहिबार, पुष ०७, २०७९

(ABC-Sanchar)
काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताको बालुवाटार छलफल सकिएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच करिब डेढ घण्टा छलफल भएको हो ।

नेताहरुबीचको छलफलमा नयाँ सरकार गठनबारे सामान्य कुराकानी भएको छ । त्यसक्रममा प्रधानमन्त्री, राष्ट्रपति, सभामुख लगायतका पदको शक्ति बाँडफाँट गरेर राष्ट्रपतिले दिएको समय सीमाभित्रै नयाँ सरकार गठन गर्नुपर्नेमा नेताहरूको समान धारणा रहेको बताइएको छ । ‘आज सरकार गठनबारे सामान्य छलफल भएको र भोलि पुनः नेताहरू बस्ने गरी आजको छलफल सकिएको छ,’ अध्यक्ष प्रचण्डको सचिवालयका एक सदस्यको भनाइ छ । आजको छलफल सकारात्मक रहेको बालुवाटार स्रोतको भनाइ छ ।

स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्डले समाजवादीका अध्यक्ष नेपाललाई सँगै राखेर अव बन्ने नयाँ सरकारको नेतृत्वमा आफूलाई सघाउन प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन् । प्रचण्डको प्रस्तावमा देउवाले ठोस जवाफ नदिएपनि छलफल गर्न सकिने जवाफ दिएका छन् । त्यसक्रममा नेताहरुबीच राष्ट्रपति उपराष्ट्रपति प्रधानमन्त्री, सभामुख, उपसभामुखलगायतका पदमा प्याकेजमा सहमति गर्नुपर्ने धारणा राखेका थिए ।

बिहीबार संसदीय दलको नेता चयन भएलगत्तै तीन नेता छलफलमा जुटेका हुन् । यसअघि नै प्रचण्डले देउवालाई आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुसार पहिलो खेपको प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न भनिसकेका छन् । प्रचण्डको यो प्रस्तावमा देउवाले सबै दलको संसदीय दलको नेता छानेर छलफल गर्न सकिने बताएका थिए । यसअघि अध्यक्ष प्रचण्डले संसदीय दलको बैठकमा सरकार गठनबारे आजै नेताहरूसँग छलफल गर्ने ब्रिफिङ गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!