०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

जिल्ला प्रहरी बाँकेमा १८ महिना बसेर बिदा भए एसपी श्यामकृष्ण अधिकारी

Logo
प्रकाशित आइतबार, पुष १०, २०७९

(महेन्द्र सिंह)
बाँके । नेपालगन्ज मिति २०७८।०३।१३ गते देखी मिति हाल सम्म यस कार्यालयको कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीज्युको तालुक नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको मिति २०७९।०९।०४ गतेको पत्रादेशले काज सरुवा भइ जान लाग्नु भएका प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीज्युलाई आज यस जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित एक कार्यक्रमका बिच बिदाई गरीएको छ ।


प्रहरी निरीक्षक चक्र बहादुर डमरपालले संचालन गर्नु भएको उक्त कार्यक्रममा यस जिल्ला प्रहरी कार्यालयमा तथा मातहत प्रहरी ईकाइहरुमा कार्यरत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा जवान हवल्दारहरुको उपस्थिति रहेको थियो ।

करिब १ बर्ष ६ महिना सम्म यस कार्यालयमा कार्यालय प्रमुखको रुपमा रहि आफ्नो कार्यकाल सफलता पुर्वक सम्पन्न गरी जान लाग्नु भएका प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीज्युलाई उपस्थित सम्पुर्णले मायाको चिनो प्रदान गरी खादा ओढाई सम्मान गरी आगामी कार्यकालको शूभकामना सहित बिदाई गरीएको थियो ।
अन्त्यमा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीज्युले जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहत प्रहरी ईकाइहरुमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई धन्यवाद दिनुभएको थियो । करिब १८ महिनाको बसाईमा प्रतक्ष तथा अप्रतक्ष रुपमा प्रहरी कार्यमा सहयोग गर्ने सम्पुर्ण मिडिया कर्मी, संघ सस्था, स्थानिय निकाय लगायत बाँके जिल्ला स्थित बिभिन्न सरकारी तथा गैर सराकरी कार्यालयका कर्मचारीज्युहरुलाई बिशेष धन्यवाद दिँदै कार्यक्रम समापन गरीएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले आज नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, गण्डकी प्रदेश प्रहरी गण पोखरा, गण्डकी प्रदेश प्रहरी अस्पताल पोखरा र गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेको केनाईन शाखा समेतको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । निरीक्षणको क्रममा प्रहरी नायब महानिरीक्षक सिंहले सम्पूर्ण कार्यालयहरुको भौतिक संरचना, […]

दाङ । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुन मगरले बेलझुण्डीमा आयुर्वेद शिक्षण अस्पताल सञ्चालनका लागि प्रदेश सरकार लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको केन्द्रीय आयुर्वेद विद्यापीठको अवलोकन गर्दै मन्त्री पुन मगरले भन्नुभयो, ‘कोरोनाको महामारीमा प्रदेश सरकारको कोरोना विशेष अस्पतालका रुपमा रहेको शिक्षण अस्पताल सञ्चालनका लागि बजेटको प्रबन्ध प्रदेश सरकारले गर्दछ ।’ दाङलाई […]

(एबिसि संचार )                                                                    काठमाडौँको एक गेस्ट हाउसमा महिलाको सामूहिक बलात्कार गरी फरार भएका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ […]