०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

जिल्ला प्रहरी बाँकेमा १८ महिना बसेर बिदा भए एसपी श्यामकृष्ण अधिकारी

Logo
प्रकाशित आइतबार, पुष १०, २०७९

(महेन्द्र सिंह)
बाँके । नेपालगन्ज मिति २०७८।०३।१३ गते देखी मिति हाल सम्म यस कार्यालयको कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीज्युको तालुक नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको मिति २०७९।०९।०४ गतेको पत्रादेशले काज सरुवा भइ जान लाग्नु भएका प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीज्युलाई आज यस जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित एक कार्यक्रमका बिच बिदाई गरीएको छ ।


प्रहरी निरीक्षक चक्र बहादुर डमरपालले संचालन गर्नु भएको उक्त कार्यक्रममा यस जिल्ला प्रहरी कार्यालयमा तथा मातहत प्रहरी ईकाइहरुमा कार्यरत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा जवान हवल्दारहरुको उपस्थिति रहेको थियो ।

करिब १ बर्ष ६ महिना सम्म यस कार्यालयमा कार्यालय प्रमुखको रुपमा रहि आफ्नो कार्यकाल सफलता पुर्वक सम्पन्न गरी जान लाग्नु भएका प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीज्युलाई उपस्थित सम्पुर्णले मायाको चिनो प्रदान गरी खादा ओढाई सम्मान गरी आगामी कार्यकालको शूभकामना सहित बिदाई गरीएको थियो ।
अन्त्यमा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीज्युले जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहत प्रहरी ईकाइहरुमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई धन्यवाद दिनुभएको थियो । करिब १८ महिनाको बसाईमा प्रतक्ष तथा अप्रतक्ष रुपमा प्रहरी कार्यमा सहयोग गर्ने सम्पुर्ण मिडिया कर्मी, संघ सस्था, स्थानिय निकाय लगायत बाँके जिल्ला स्थित बिभिन्न सरकारी तथा गैर सराकरी कार्यालयका कर्मचारीज्युहरुलाई बिशेष धन्यवाद दिँदै कार्यक्रम समापन गरीएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बिहीबार साँझ सुरक्षा पत्रकारहरुसँगको भेटघाटका क्रममा गृहमन्त्री सुद्न गुरुङले उक्त कुरा बताएका हुन् । ‘म गल्ती गर्ने कसैलाई छाड्नि । मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिन’ गुरुङले भने । भीआईपीलाई अदालतले छाडेको भने उनले असन्तुष्टि पोखे । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अधक्ष्य केपी शर्मा ओलीलाई रातभर आफू र सुरक्षा निकायका प्रमुख […]

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

error: Content is protected !!