०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

सुत्केरी नगर प्रहरी उप्रेतीमाथि एसपी पाण्डेको दुव्र्यवहार तैँले मेरो बच्चा पाको होस् र?

Logo
प्रकाशित सोमबार, पुष ११, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । २५ वर्षीया गंगा उप्रेती सधैँजसो महानगर प्रहरीकाे बर्दी लगाएर नयाँ जोस र जाँगरका साथ ‘ड्युटी’काे लागि टेकुस्थित बागदरबारमा हाजिर हुन्थिन्। हरेक दिन उदाउने सूर्यकाे किरणजस्तै गंगाकाे दिनकाे सुरुवात पनि नयाँ, जाेस र अभिलाषासहित हुन्थ्याे। काठमाडौँको विकासका लागि मेयर बालेन्द्र साहको दूरदृष्टि देखेर उनको हौसला झनै चुलिन्थ्याे। ७ महिनाअघि आमा बनेकी गंगा त्यसबखत पनि महानगर प्रहरी प्रमुखको कार्यालयमा आफ्नो ड्युटी गर्थिन्। ३० दिने सुत्केरी बिदामा बसेर कार्यालयमा हाजिर हुँदा उनलाई मौखिक रुपमा टेकुस्थित कार्यदल शाखामा सरुवा गरियाे।

‘डेलिभरी’को क्रममा सल्यक्रिया गरिएकाे हुँदा शारीरिक अवस्था कमजाेर भएकी गंगा आफ्नो कार्यस्थलका अविभावक प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डे कहाँ गुनासो पोख्न गइन्। शारिरिक अवस्था कमजाेर भएकी उनले कार्यदल शाखामा रहँदा बालकलाई स्तनपानको समयसमेत नमिल्ने गरेकाे भन्दै टेकुस्थित आफ्नै कार्यालयमा पुन: सरुवा गर्न पाण्डे समक्ष आग्रह गरिन्। गंगाको गुनासो सुनेर सहानुभूति दिनुको सट्टा पाण्डेले उल्टै ‘घरको समस्या घरमै राख्ने, ड्युटी गर्ने अरु कुरा मलाई थाहा छैन’ भन्दै गंगाको आशा र आकांक्षा त्यही बाघदरबारको पुराना गोरेटोमुनि दफ्नाइदिए।

गंगाले केही दिनपछि फेरि आफ्नो समस्या पाण्डेलाई सुनाउँदा ‘आफूले रहरले पाएको बच्चा कसरी हुर्रकाउने हो आफैं गर्ने, १२ घण्टा ड्युटी गर्न नसक्ने भए राजीनामा दिएर जानु,’ भनि गंगामाथि आइलागे।

७ महिनाअघि शल्यक्रिया गर्दाताकाको ताजा घाउ लिएर एउटा सुत्केरी आमाले कार्यदलको काम गर्न असफल भएपछि उनलाई पाण्डेले पटक–पटक बोलाएर अपशब्द प्रयोग गर्थे। गंगालाई बारम्बार बोलाएर उनको चरित्रमाथि औंला उठाउनेसुत्केरी नगर प्रहरीले ‘ड्युटी’ मिलाइ माग्दा एसपी राजु पाण्डेको जवाफ: ‘तैँले मेरो बच्चा पाको होस् र ?’

२५ वर्षीया गंगा उप्रेती सधैँजसो महानगर प्रहरीकाे बर्दी लगाएर नयाँ जोस र जाँगरका साथ ‘ड्युटी’काे लागि टेकुस्थित बागदरबारमा हाजिर हुन्थिन्। हरेक दिन उदाउने सूर्यकाे किरणजस्तै गंगाकाे दिनकाे सुरुवात पनि नयाँ, जाेस र अभिलाषासहित हुन्थ्याे। काठमाडौँको विकासका लागि मेयर बालेन्द्र साहको दूरदृष्टि देखेर उनको हौसला झनै चुलिन्थ्याे। ७ महिनाअघि आमा बनेकी गंगा त्यसबखत पनि महानगर प्रहरी प्रमुखको कार्यालयमा आफ्नो ड्युटी गर्थिन्। ३० दिने सुत्केरी बिदामा बसेर कार्यालयमा हाजिर हुँदा उनलाई मौखिक रुपमा टेकुस्थित कार्यदल शाखामा सरुवा गरियाे।

‘डेलिभरी’को क्रममा सल्यक्रिया गरिएकाे हुँदा शारीरिक अवस्था कमजाेर भएकी गंगा आफ्नो कार्यस्थलका अविभावक प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डे कहाँ गुनासो पोख्न गइन्। शारिरिक अवस्था कमजाेर भएकी उनले कार्यदल शाखामा रहँदा बालकलाई स्तनपानको समयसमेत नमिल्ने गरेकाे भन्दै टेकुस्थित आफ्नै कार्यालयमा पुन: सरुवा गर्न पाण्डे समक्ष आग्रह गरिन्। गंगाको गुनासो सुनेर सहानुभूति दिनुको सट्टा पाण्डेले उल्टै ‘घरको समस्या घरमै राख्ने, ड्युटी गर्ने अरु कुरा मलाई थाहा छैन’ भन्दै गंगाको आशा र आकांक्षा त्यही बाघदरबारको पुराना गोरेटोमुनि दफ्नाइदिए।

गंगाले केही दिनपछि फेरि आफ्नो समस्या पाण्डेलाई सुनाउँदा ‘आफूले रहरले पाएको बच्चा कसरी हुर्रकाउने हो आफैं गर्ने, १२ घण्टा ड्युटी गर्न नसक्ने भए राजीनामा दिएर जानु,’ भनि गंगामाथि आइलागे।

७ महिनाअघि शल्यक्रिया गर्दाताकाको ताजा घाउ लिएर एउटा सुत्केरी आमाले कार्यदलको काम गर्न असफल भएपछि उनलाई पाण्डेले पटक–पटक बोलाएर अपशब्द प्रयोग गर्थे। गंगालाई बारम्बार बोलाएर उनको चरित्रमाथि औंला उठाउने, तथानाम गाली गर्ने र ‘तैले मेरो बच्चा पाको होस् र ? तैंलेजस्तो भन्याे त्यस्तै ड्युटी मिलाउनलाई ?, जागिर खान मन भए बच्चा घरमै छोडेर आउने, मन नभए राजीनामा दिने’समेत भनेर गाली गर्थे।

‘भ्रष्टाचार र दुर्व्यवहार’को आरोपबारे के भन्छन् राजु पाण्डे ?
तल्लाे तहका प्रहरीलाई उनीहरुको अविभावक भनिएका राजु पाण्डेको अमानवीय रुप देखेपछि आफूलाई मानसिक तनाव हुन थालेको उनी बताउँछिन्।

पाण्डेले अरु कर्मचारी वरपर भएको बेला गंगालाई ‘साविक’ ड्युटीमा पठाउने र कोही नभएको बेला उनीमाथि अपशब्द प्रयोग गरी थर्काउने गरेकाे गंगाले बिएल नेपाली सेवासँग गुनासाे पाेखिन्। गंगाले निकै असहाय महसुस गरेर आफ्नो ‘सिफ्ट कमान्डर’हरु कहाँ गुनासो पोख्दा ड्युटी समय मिलाइदिने वाचा गरे पनि पाण्डेले व्यक्तिगत रिसिबीका कारण ‘तैंले ड्युटी गर्ने भए १२ घण्टा कार्यालय ड्युटी गर्ने, नत्र राजीनामा दिएर जा!’ भनि उनीमाथि हावी हुन्थे। त्यति मात्र नभई आफूलाई पाण्डेले हाजिरसमेत गर्न नदिएको उनी बताउँछिन्। पाण्डेले बाघदरबारमा मात्र होइन, अरु वडा कार्यालयमा पनि हाजिर गर्न जान्छ कि भनेर एउटी दूधेबालकको आमामाथि निगरानी राख्न मान्छेसमेत खटाए।

असाेज १४, शुक्रबार। उनलाई बिहान सबेरै उपस्थित हुन भनेर पाण्डेको कार्यालयबाट फोन आयो। उनी एक्लै जान सकिनन्। पाण्डेले महिनौँदेखि दिएको मानसिक यातना सम्झिँदा डर लागेको एक्लै कार्यालय जान नसकेकाे बताउँछिन्। असुरक्षित महसुस भएर उनले आफ्नो ७ महिने बच्चा र श्रीमानलाई लिएर पाण्डेको कार्यालयमा उपस्थित भइन्।

गंगाको सानो परिवार देख्ने बितिकै पाण्डेले उनीमाथि अपशब्द र गाली प्रहर गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा सरूवा भई जान लाग्नुभएका प्रहरी निरीक्षक पावल सिंह लामा लाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट एक कार्यक्रमकोबीच विदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सरूवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक पावल सिंह लामालाई मायाको […]

ABC (क्राईमबिट) काठमाडौं । उपत्यका अपराधअनुसन्धान कार्यालयको टोलीले दरबारमार्गबाट ९८ लाख नगदसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुई जना हुन्डी कारोबारी हुन सक्ने काठमाडौं उपत्यका अपराधअनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिने बताए !!

ABC (क्राईमबिट) पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले आज नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, गण्डकी प्रदेश प्रहरी गण पोखरा, गण्डकी प्रदेश प्रहरी अस्पताल पोखरा र गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेको केनाईन शाखा समेतको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । निरीक्षणको क्रममा प्रहरी नायब महानिरीक्षक सिंहले सम्पूर्ण कार्यालयहरुको भौतिक संरचना, […]