०८ भाद्र २०८२, आइतबार
24-08-2025 , Sun
×

अख्तियारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका २४ कर्मचारीमाथि भ्रष्टाचारको आरोप

Logo
प्रकाशित मंगलबार, पुष १२, २०७९

(ABC-Sanchar)
दाङ । राप्ती स्वास्थ्य विज्ञान दाङ प्रतिष्ठानमा कार्यत २४ जना कर्मचारीमाथि भ्रष्टाचारको आरोप लागेको छ । एमआरआई र सिटीस्क्यान खरिदमा ब्यापक भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वरजिष्ट्रारदेखि विभिन्न पदमा रहेका २४ जना कर्मचारीहरूलाई बयानका लागि पत्राचार गरेको छ ।

 

प्रतिष्ठानका सर्जन विभागका एकजना चिकित्सकका अनुसार तत्कालीन प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीको कार्यकालमा सिटीस्क्यान र एमआरआई खरिदमा भ्रष्टाचार भएको भन्दै लिखितरूपमा अख्तियारको केन्द्रीय कार्यालय काठमाडौंले पत्र काटेको हो । उनका अनुसार प्रतिष्ठानका पूर्वरजिस्ट्रार रामप्रसाद प्याकुरेल, पूर्रवकायम मुकायम रजिस्ट्रार कैलाशप्रसाद देव, पूर्वकामु रजिस्ट्रार एवं हालका डेपुटी रजिस्ट्रार झंकार लामिछाने, डिन डा. सागर पन्थीलाई अख्तियारले बयानका लागि पत्र पठाएको छ । उनीहरू सबैजसो मूल्यांकन र खरिद समितिको संयोजकसहित महत्वपूर्ण पदमा थिए ।

 

त्यस्तै अख्तियारले झंकारकी श्रीमती तत्कालीन नर्सिङ अधिकृत बिन्दु पौडेल, लेखा अधिकृतहरु राजीव बस्नेत, श्रीराम चौधरी, रेडियोलोजिष्ट डा. बम बिसी, लेखा अधिकृत छाया डिसी, अन्जु शर्मालाई पनि बयानका लागि पत्र काटेको छ । त्यस्तै सिटीस्क्यान र एमआरआईको ठेकेदारसँग मिलेर स्पेसिफिकेसन तयार गर्ने प्रतिष्ठानका बायोमेडिकल इन्जिनियर शरद भण्डारी, सिभिल इन्जिनियर मदन भण्डारीलाई पनि अख्तियारले पत्र काटेको ती चिकित्सकले जानकारी दिए । त्यस्तै डा. शिरिसा पोखरेल, पूर्व कर्मचारी मेघराज अधिकारी, फिजियोथेरापिष्ट पूजा मण्डल, चार्टर्ड एकाउन्टेन्ट नितुन कुर्मीसहित अन्य कर्मचारीलाई पनि बयानका लागि पत्र काटेको छ ।

अख्तियार काठमाडौंको पत्रसहित बुटवलको अख्तियारको सम्पर्क कार्यालयमा कर्मचारीले लिखित बयान दिएका छन् । अख्तियारले बयानका लागि पत्र काटेर बोलाएपछि एकजना पूर्व लेखा अधिकृतले पूर्वउपकुलपति भण्डारीको निर्देशनमा स्थानीय केही ब्यवसायीको मिलेमतोमा गलत काम भएको बताउँदै अष्ट्रेलियामा रहेका चार्टर्ड एकाउन्टेन्टको डकुमेन्ट प्रयोग गरेर प्रतिष्ठानका पदाधिकारीको मिलेमतोमा काम भएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी कालाकाटेमा दुर्घटनामा परि मृत्यु हुनेमा प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष १९ को मोटरसाइकलमा सवार सुशील थापा रहेको इलाका प्रहरी कार्यालय गढवाका कार्यालय प्रमुख प्रहरी निरिक्षक डवल बहादुर बमले जानकारी दिएका छन् । थापाको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा परि मोटरसाइकल चालक सोही ठाउँ निवासी […]

पर्सा । बिरगंज नारायणी अस्पतालमा उपचाररत झाडापखालाका १५ जनामध्ये शंकास्पद शनिबार ८ जनाको परीक्षण गर्दा ची मध्ये ५ जनामा हैजा पुष्टि भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिए । उनका अनुसार, हैजा पुष्टि भएका ती सबै वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका हुन् । यस्तै अर्को एक अस्पतालमा उपचाररत थप २ जनामापनि […]

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उक्त शव रौटहटको माधव नारायण नगरपालिका-२ महादेवपट्टी माइत भएकी २६ वर्षीया रुवीकुमारी साहको भएको अनुसन्धानका क्रममा खुलेको हो । रुवीको विवाह भारतको मजफरपुरमा भएको स्थानीयले बताएका छन् । उनी अहिले माइती घरमै बस्दै आएकी थिइन् । रौटहटको माधव नारायण नगरपालिका-२ महादेवपट्टीमा उनको माइती घर छ । गौर नगरपालिका-९ […]

error: Content is protected !!