०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

भारतको विहारमा विषाक्त मदिरा सेवनबाट ९२ जनाको मृत्यु

Logo
प्रकाशित मंगलबार, पुष १२, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । भारतको पूर्वी राज्य विहारमा विषाक्त मदिरा सेवनबाट बयानब्बे जनाको मृत्यु भएको छ भने बिरामी भएका कैयौँ अस्पतालमा भर्ना भएका छन्।

सन् २०१६ मा राज्य सरकारले मदिरा बिक्री र उपभोगमा प्रतिबन्ध लगाए पनि यो महिना दूषित मदिरा पिएर ९२ जनाले ज्यान गुमाएका तथा धेरैलाई अस्पताल भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

विषाक्त मदिरा सेवन गरेकाहरूले चक्कर लाग्ने, बान्ता हुने र दृष्टि धमिलो हुने गुनासो गरेका थिए।

राज्यको राजधानी पटनाबाट ६० किलोमिटर उत्तरपश्चिममा रहेको सारण जिल्लाबाट सुरुमा मृत्यु भएको खबर आएको थियो।

त्यहाँ सबैभन्दा धेरै ८५ जनाको मृत्यु भएको तथा २९ जनाले आँखाको ज्योति गुमाएका भारतको सरकारी प्रसारण संस्था अल इन्डिया रेडियोले जनाएको छ। राज्यका विभिन्न अस्पतालमा २१ जनाको उपचार भइरहेको र तीमध्ये आठ जनाको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने सम्भावना छ।

विगत छ वर्षमा विहारमा विषाक्त मदिराक सेवनबाट एक हजारभन्दा बढीको मृत्यु भएको तथा छ लाख जना जेलमा परेका विपक्षी दलका नेता एवम् विहारका सांसद सुशीलकुमार मोदीलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

भारतका चार राज्य गुजरात, मणिपुर, नागाल्याण्ड र विहारमा मदिरा पूर्णरुपमा प्रतिबन्धित छ भने केही अन्य राज्यमा पनि यो आंशिक रूपमा प्रतिबन्धित छ तर यसको उत्पादन, बिक्री एवम् सेवन रोकिएको छैन।

यो वर्षको जुलाईमा गुजरातमा विषाक्त मदिरा सेवनबाट ४२ जनाको मृत्यु भएको थियो।

नेशनल क्राइम रेकर्ड ब्यूरोका अनुसार भारतमा गत वर्ष नक्कली मदिरा सेवनबाट सात सय ८२ जनाको मृत्यु भएको थियो । सन् २०२० मा पञ्जाबमा विषाक्त मदिरा पिएपछि एक सय २० जनाले ज्यान गुमाएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बिहीबार साँझ सुरक्षा पत्रकारहरुसँगको भेटघाटका क्रममा गृहमन्त्री सुद्न गुरुङले उक्त कुरा बताएका हुन् । ‘म गल्ती गर्ने कसैलाई छाड्नि । मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिन’ गुरुङले भने । भीआईपीलाई अदालतले छाडेको भने उनले असन्तुष्टि पोखे । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अधक्ष्य केपी शर्मा ओलीलाई रातभर आफू र सुरक्षा निकायका प्रमुख […]

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

error: Content is protected !!