०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

दाङको तुलसीपुरमा रहेको एनआईसी एशिया बैंकबाट २ लाख रुपैया चोरी

Logo
प्रकाशित बुधबार, पुष १३, २०७९

ABC (क्राईमबिट)
दाङ । दंगीशरण गाउँपालिका ५ मिरौली निवासी ज्ञानबहादुर चौधरीको खाताबाट दुई लाख रुपैँया चोरी भएको छ । तुलसीपुरमा रहेको एनआईसी एशिया बैंकबाट मंगलबार बिहान एनआईसी एशिया बैंकको कर्मचारी भन्दै टेलिफोन गरेर खाता र पासवर्ड नम्बर मागेको आधा घन्टाभित्र ०६५४१५११०४८७९००१ नम्बरको खाताबाट २ लाख २० रुपैयाँ चोरी भएको हो ।

बैंकको कर्मचारी बताउने व्यक्तिले तपाईंको खाता पेन्डिङमा रहेको र अपडेट गर्नुपर्ने भन्दै खाता र वान टाइम पासवर्ड नम्बर मागेर खाताबाट पैसा चोरी गरेको पिडित चौधरीको भनाइ छ । चौधरीले तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कमा श्रीराम किराना पसल सञ्चालन गर्दै आएका छन् । ह्याकरले सोही बैंकको कर्मचारी भएको बताउदै चौधरीसंग वान टाइम पासर्वड (ओटिपी) मागेको थियो ।

यता एनआईसी एशिया बैंक तुलसीपुरका प्रमुख राजिव वलीका अनुसार बैंकको कुनै लापरवाही नभएको बताएका छन् । ‘बैंकको कर्मचारी हु भनेर फोन गरेपछि खातावालाले वान टाइम पासवर्ड उपलब्ध गराएको आधा घण्टामा सो खातावालाको खाताबाट पैसा चोरी भएको थियो ।

‘खातावालाले आफ्नो खाताबाट कसैले पैसा निकालेको जानकारी गराउना साथ मैले उहाँलाई प्रहरीको सहायता लिन सुझाब दिएको थिए । चौधरी हाम्रो नियमित ग्राहक हुनुहुन्छ । उहाँ एकदमै इमानदार ग्राहक पनि हो । उहाँलाई हाम्रो बैंकको कर्मचारी भनेर ह्याकरले झुकाएको उनले भने ।’

चौधरीले पैसा निकालेको थाहा पाउने बित्तीकै एनआईसी एशिया बैंकमा पुगेको बताउदै प्रमुख वलीले सिटिजन बैंकमा रकम ट्रान्सफर भएकोले प्रहरीको सहायता लिन सुझाब दिएको बताए । साथै बैंकका प्रमुख वलीले सेवाग्राहीले आफ्नो वान टाइम पासवर्ड अपरिचित व्यक्तिलाई दिन नहुने समेत बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालयमा उक्त गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तिय लगानी सम्बन्धी कानून र यसको कार्यान्वयन, चुनौति र समाधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभयो । गोष्ठीमा सहभागीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्दै नायव […]

(ABC-Sanchar) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालयमा उक्त गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तिय लगानी सम्बन्धी कानून र यसको कार्यान्वयन, चुनौति र समाधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभयो । गोष्ठीमा सहभागीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्दै नायव महान्यायाधिवक्ता […]

(ABC-Sanchar) काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन तोकिएको मितिमा हुने बताएका छन् । महासङ्घको प्रतिष्ठान प्रदेश कमिटीको चौथो साधारणसभा तथा पत्रकारिताको सामयिक विमर्श विषयमा आज राष्ट्रिय समाचार समिति (रासस) को केन्दीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष पोखरेलले महासङ्घको निर्वाचन यही जेठ २६ गते नै हुने बताए । निर्वाचन सर्छ भन्ने आशङ्का नराख्न […]