०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

बाँकेको एक सामुदायिक बन भित्र पाटेबाघ देखियो गाउँलेहरु त्रासित

Logo
प्रकाशित बुधबार, पुष १३, २०७९


(ABC-Sanchar)
बाँके । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ स्थित एक सामुदायिक वनभित्र स्थानीय बासिन्दाहरु पाटेबाघको आक्रमणबाट जोगिन सफल भएका छन् । राप्ती सोनारी ५ स्थित सिद्देश्वरी सामुदायिक वन क्षेत्रमा घाँस काट्न गएका बेला बुधबार दिउँसो स्थानीय बासिन्दाले बाघलाई फेला पारेका हुन् ।

पाटेबाघलाई देखेपछि करिव १२/१५ जनाको संख्यामा पुगेका स्थानीय बासिन्दाले हो-हल्ला गरेका थिए । त्यसपछि बाघ त्यहाँबाट भागेको र स्थानीय बासिन्दाहरु बाँच्न सफल भएको ईलाका प्रहरी कार्यालय धामपुरका ईन्चार्ज एवम् प्रहरी नायव निरीक्षक प्रविण डिसीले जानकारी दिए ।

‘धेरै संख्यामा महिला र पुरुष जंगलमा भएका कारण हो-हल्ला गरेपछि बाघ भागेको रहेछ, नत्र बाघले आक्रमण गर्न सक्थ्यो,’ उनले भने । राप्तीपारीको जंगलमा बाघ रहेकाले सावधानी अपनाउनुपर्ने अवस्था आएको प्रहरी ईन्चार्ज डिसीले बताए ।

गतवर्ष पनि राप्ती सोनारीको वडा नम्बर ४, ५, ६ र ७ को जंगलमा पाटेबाघले आतंक मच्चाएको थियो । त्यसपछि डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज लगायतको टोलीले बाघलाई नियन्त्रणमा लिएर चितवन पुर्याएको थियो ।

पाटेबाघले यसवर्ष पनि राप्ती पारी क्षेत्रमा आतंक मच्चाउन सुरु गरेको स्थानीय बासिन्दाले बताएका छन् । केही दिनअघि मात्र बाघले दुई वटा बाख्रा र एउटा सुँगुर मारेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालयमा उक्त गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तिय लगानी सम्बन्धी कानून र यसको कार्यान्वयन, चुनौति र समाधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभयो । गोष्ठीमा सहभागीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्दै नायव […]

(ABC-Sanchar) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालयमा उक्त गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तिय लगानी सम्बन्धी कानून र यसको कार्यान्वयन, चुनौति र समाधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभयो । गोष्ठीमा सहभागीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्दै नायव महान्यायाधिवक्ता […]

(ABC-Sanchar) काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन तोकिएको मितिमा हुने बताएका छन् । महासङ्घको प्रतिष्ठान प्रदेश कमिटीको चौथो साधारणसभा तथा पत्रकारिताको सामयिक विमर्श विषयमा आज राष्ट्रिय समाचार समिति (रासस) को केन्दीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष पोखरेलले महासङ्घको निर्वाचन यही जेठ २६ गते नै हुने बताए । निर्वाचन सर्छ भन्ने आशङ्का नराख्न […]