२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

७ राउण्ड गोली र कटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ

Logo
प्रकाशित आइतबार, पुष १७, २०७९

कञ्चनपुरमा ७ राउण्ड गोली र कटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

शनिबार जिल्लाको बेलौरी नगरपालिका–१ को बैशाखाबाट भारतको लखिमपुर खिरी तहसिल मिलौली बस्ने ३२ वर्षीय राजु इद्रिसीलाई ६ राउण्ड गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) चक्रबहादुर शाहले उनलाई नियन्त्रणमा लिएको स्थानमा खोज तलास गर्ने क्रममा थप एक राउण्ड गोलीसहित लोड गरेको कटुवा पेस्तोल बरामद गरिएको जानकारी दिए ।

नजिकै रहेको उखुबारीमा भारतीय नागरिक २७ वर्षीय मुजिवा बञ्जारा र ४२ वर्षीय यूसुफ अलीलाई पक्राउ गरिएको डीएसपी शाहले बताए । उनीहरुको साथबाट ७ हजार भारतीय रुपैयाँ समेत बरामद गरिएको छ । उनीहरुको समूह कञ्चनपुरमा लुटपाट र चोरी डकैतीमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।

पुस ९ गते बेलौरी नगरपालिका–१ फटैयागाउँमा भारतीय जस्ता देखिने ६/७ जनाको समूहले स्थानीयबासिन्दालाई हातहतियार देखाएर ३ लाख २० हजार रुपैयाँ, सुनका गरगहना, मोबाइल लुटेको, पुस १२ गते बेलौरी नगरपालिका–२ को बैजुडाँडामा स्थानीयको घरमा प्रवेश गरी नगद, गरगहना र मोबाइल लुटेको घटनामा उनीहरुको समूह संलग्न रहेको पाइएको प्रहरी नायब उपरीक्षक शाहले बताए ।

लुटपाटमा संलग्न भएको कुरा स्वीकार गरेपनि उनीहरुको साथबाट ७ हजार भारतीय रुपैयाँबाहेक अन्य सरसामान बरामद भने नभएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान जारी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।