२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

गण्डकको समस्या वारे दिर्घकालीन रुपमा समाधान गर्न साँसद चौधरीद्धारा पहल

Logo
प्रकाशित मंगलबार, पुष १९, २०७९

(खुरसेद हजाम)
नवलपरासी, १९ पुस ।
नवलपरासीमा गण्डक नहरमा देखिएको समस्याको दिर्घकालीन रुपमा समस्या समाधान गर्न संघीय सांसद विनोद चौधरीले पहल अघि बढाउनुभएको छ । नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नं १ बाट निर्वार्चित सांसद चौधरीले गण्डक नहरको चौतर्फी रुपमा समस्या समाधान गर्न भारतीय सम्वन्धीत निकाय मार्फत पहल कदमी अघि बढाउनुभएको हो ।
जनप्रतिनिधीको रुपमा सांसद चौधरीले भारतिय दुतावास मार्फत भारतियको सिंचाई सम्वन्धी निकायमा गण्डक आयोजनासँग सम्बन्धित मुद्दाहरूको पुर्ण कार्यान्वयन साथै गण्डकबाट सिर्जित समस्याको दिर्घकालीन रुपमा समस्या समाधान गर्न माग गर्नुभएको छ ।
गण्डक कमाण्ड क्षेत्रमा तीन हजार एकड जग्गामा सिंचाईका लागि डीपीआर स्वीकृत गरी छिटोभन्दा छिटो सिचाईका लागि संरचना निर्माण गर्न सांसद चौधरीले भारतिय पक्ष संग अनुरोध गर्नुभएको छ । यसैगरी बाँकी १५ हजार एकड जमिनको डीपीआर पनि नेपाल पक्षले तयार गरी भारतीय पक्षलाई बुझाएको छ । डीपीआर छिटो स्वीकृत गरी गण्डक सन्धि अनुसार कार्यान्वयन गर्न सांसद चौधरीले पत्र मार्फत भारतिय सरकार संग अनुरोध गनुभएको हो ।
यस क्षेत्रकै एकमात्र सूर्यपुरा पावर हाउस सञ्चालनका लागि न्यूनतम प्रवाह आवश्यक १० हजार क्युसेक छ । गण्डकबाट भारतीय पश्चिमी मुख्य नहरमा पावर हाउसको डाउनस्ट्रीम एस्केप नहर छ । भारतीय पक्षले एस्केप नहरबाट नदीमा थप पानी छोड्न सक्छ । त्यसैले नेपालको हितको लागि बहुमूल्य जलविद्युत उत्पादन गर्न न्यूनतम प्रवाह (हिउँद र वसन्त) १० हजार क्युसेक कायम गर्न अनुरोध पत्रमा उल्लेख गरिएको छ ।
यसैगरी अनुरोध पत्रमा गण्डक पश्चिमी मुख्य नहरमा एक लेन पुल छ । यो हुलाकी राजमार्गको चौराहको बिन्दु हो । नेपालले हुलाकी राजमार्गको स्तरोन्नति गरिरहेको छ, यो स्तरोन्नतिका लागि भारतले पनि आर्थिक सहयोग गरिरहेको छ । पूरै हुलाकी राजमार्ग डबल लेनको लागि बनाइएको छ, चौराहेको पुल एक लेनको छ । ३३ आरडीमा दोहोरो लेनको पुल निर्माण गर्न अनुरोध उल्लेख गरिएको हो ।
अनुरोध पत्रमा रायपुरवाखोलामा दुईवटा पुल निर्माण; जुन बाढीले वगायो भन्ने विषयमा द्विपक्षीय बैठकमा छलफल भइसकेको छ । आयोजना प्रभावित जनताको आवतजावतका लागि दुईवटा पुल पुनर्निर्माण गर्न अनुरोध गरिएको छ ।
गण्डक आयोजनाको भारतीय पश्चिमी मुख्य नहरले उत्तरदेखि दक्षिणतिर बग्ने धेरै स्थानीय नालाहरू पार गर्दछ । WMC डब्लु एम. सी. मा नहर साइफनको सीमित संख्याको कारणले खेती योग्य जमीनमा डुबान हुन्छ र बर्षेनी मनसुनको समयमा WMC डब्लु एम. सी. को माथिको बाली डुबानका कारण बालीनालीको नोक्सानी कम गर्न 5Rd\, 16 Rd\ / 24 Rd\ मा साइफनहरू नियमित सफा गर्न अनुरोध गरिन्छ । यस समस्याको दीर्घकालीन समाधानका लागि साइफनमा थप ब्यारेल राखेर थप साइफन निर्माण गर्ने वा विद्यमान साइफनको क्षमता बढाउने सम्भाव्यता अध्ययन गर्न पनि अनुरोध पत्रमा उल्लेख गरिएकोछ ।
पश्चिमी नेपाल नहरको कमाण्ड क्षेत्रमा झरही र धनेवा गरी दुईवटा मुख्य खोला छन्। यी दुई खोला भारत–नेपाल सीमानाको माथिल्लो भागमा मिल्छन् । नेपालमा करिब ८० मिटर लम्बाइ भएको पुल छ । भारतीय भू–भागमा बग्दा झरही खोलाको चौडाइ एकदमै कम छ, जसले गर्दा निस्कने क्षमतामा ह्रास आएको छ । घटेको डिस्चार्ज बोक्ने क्षमताले नेपालमा पानीको सतह बढाएर ठूलो क्षेत्रफलमा धानबाली डुबानमा परेको छ । त्यसैले भारतीय भू–भाग खोलाको चौडाई कायम गर्न अनुरोध पत्रमा उल्लेख छ ।
वर्षेनि बाढीले नेपालमा ठूलो क्षेत्रफलको बालीनाली क्षति पु¥याएको छ। सन्धि अनुसार क्षतिपूर्ति रकम गण्डक सन्धिको दफा ३ र ८ बमोजिम द्विपक्षीय बैठकमा प्रमाणसहित २ अर्ब ९३ करोड दाबी गरिएको छ । त्यसैबेला नेपाल सरकारले तत्काल बाढीपीडितलाई उक्त मुआब्जा बापतको रकम दिन समेत भारतिय सरकारसंग सांसद चौधरीले पठाएको पत्रमा उल्लेख गरिएको छ । ( सम्वन्धीत गण्डक क्षेत्रको तस्विर संलग्न छ )

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *लक्ष्य किन भेटिएन होला – मुख्य कारणहरू:* *१. तस्करी र चोरी पैठारी बढेको* खुला सीमा + साना गल्लीबाट पोका-पारी सामान भित्रिने। काँडे तार लगाए पनि १ नं गेट छोडेर अरू ठाउँबाट ओसारपसार हुन्छ। भन्सार नछिरी आएको सामानको राजस्व शून्य। *२. Under-invoicing र गलत वर्गीकरण* पहिला कुरा गरेका थियौं। महँगो सामानलाई कम मूल्य देखाएर […]

दाङ । राप्ती गाउँपालिका-१ भालुबाङ* सडक खण्डमा २०८३।०२।२ गते दिउँसो करिब ३:३० बजे लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले एक जनालाई पक्राउ गरेको छ। *पक्राउ परेका:* *साकिर खान, ४२ वर्ष*, कपिलबस्तु जिल्ला, शिवराज नगरपालिका-५, पर्चिया बस्ने *बरामद:* शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा खानलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनले लुकाईछिपाई […]

दाङ । नेपाललाई समृद्ध, आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्रतर्फ लैजान केवल भाषण, नारा र योजनाले मात्र पुग्दैन। देशभित्र रहेका नागरिकसँगै विदेशमा रहेका लाखौँ नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई विकासको अभियानसँग जोड्न सकियो भने नेपालले छोटो समयमै ठूलो आर्थिक फड्को मार्न सक्छ। अहिले विश्वका विभिन्न देशमा लाखौँ नेपाली श्रम, व्यवसाय र अध्ययनका लागि रहेका छन्। उनीहरूले […]

error: Content is protected !!