०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

गण्डकको समस्या वारे दिर्घकालीन रुपमा समाधान गर्न साँसद चौधरीद्धारा पहल

Logo
प्रकाशित मंगलबार, पुष १९, २०७९

(खुरसेद हजाम)
नवलपरासी, १९ पुस ।
नवलपरासीमा गण्डक नहरमा देखिएको समस्याको दिर्घकालीन रुपमा समस्या समाधान गर्न संघीय सांसद विनोद चौधरीले पहल अघि बढाउनुभएको छ । नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नं १ बाट निर्वार्चित सांसद चौधरीले गण्डक नहरको चौतर्फी रुपमा समस्या समाधान गर्न भारतीय सम्वन्धीत निकाय मार्फत पहल कदमी अघि बढाउनुभएको हो ।
जनप्रतिनिधीको रुपमा सांसद चौधरीले भारतिय दुतावास मार्फत भारतियको सिंचाई सम्वन्धी निकायमा गण्डक आयोजनासँग सम्बन्धित मुद्दाहरूको पुर्ण कार्यान्वयन साथै गण्डकबाट सिर्जित समस्याको दिर्घकालीन रुपमा समस्या समाधान गर्न माग गर्नुभएको छ ।
गण्डक कमाण्ड क्षेत्रमा तीन हजार एकड जग्गामा सिंचाईका लागि डीपीआर स्वीकृत गरी छिटोभन्दा छिटो सिचाईका लागि संरचना निर्माण गर्न सांसद चौधरीले भारतिय पक्ष संग अनुरोध गर्नुभएको छ । यसैगरी बाँकी १५ हजार एकड जमिनको डीपीआर पनि नेपाल पक्षले तयार गरी भारतीय पक्षलाई बुझाएको छ । डीपीआर छिटो स्वीकृत गरी गण्डक सन्धि अनुसार कार्यान्वयन गर्न सांसद चौधरीले पत्र मार्फत भारतिय सरकार संग अनुरोध गनुभएको हो ।
यस क्षेत्रकै एकमात्र सूर्यपुरा पावर हाउस सञ्चालनका लागि न्यूनतम प्रवाह आवश्यक १० हजार क्युसेक छ । गण्डकबाट भारतीय पश्चिमी मुख्य नहरमा पावर हाउसको डाउनस्ट्रीम एस्केप नहर छ । भारतीय पक्षले एस्केप नहरबाट नदीमा थप पानी छोड्न सक्छ । त्यसैले नेपालको हितको लागि बहुमूल्य जलविद्युत उत्पादन गर्न न्यूनतम प्रवाह (हिउँद र वसन्त) १० हजार क्युसेक कायम गर्न अनुरोध पत्रमा उल्लेख गरिएको छ ।
यसैगरी अनुरोध पत्रमा गण्डक पश्चिमी मुख्य नहरमा एक लेन पुल छ । यो हुलाकी राजमार्गको चौराहको बिन्दु हो । नेपालले हुलाकी राजमार्गको स्तरोन्नति गरिरहेको छ, यो स्तरोन्नतिका लागि भारतले पनि आर्थिक सहयोग गरिरहेको छ । पूरै हुलाकी राजमार्ग डबल लेनको लागि बनाइएको छ, चौराहेको पुल एक लेनको छ । ३३ आरडीमा दोहोरो लेनको पुल निर्माण गर्न अनुरोध उल्लेख गरिएको हो ।
अनुरोध पत्रमा रायपुरवाखोलामा दुईवटा पुल निर्माण; जुन बाढीले वगायो भन्ने विषयमा द्विपक्षीय बैठकमा छलफल भइसकेको छ । आयोजना प्रभावित जनताको आवतजावतका लागि दुईवटा पुल पुनर्निर्माण गर्न अनुरोध गरिएको छ ।
गण्डक आयोजनाको भारतीय पश्चिमी मुख्य नहरले उत्तरदेखि दक्षिणतिर बग्ने धेरै स्थानीय नालाहरू पार गर्दछ । WMC डब्लु एम. सी. मा नहर साइफनको सीमित संख्याको कारणले खेती योग्य जमीनमा डुबान हुन्छ र बर्षेनी मनसुनको समयमा WMC डब्लु एम. सी. को माथिको बाली डुबानका कारण बालीनालीको नोक्सानी कम गर्न 5Rd\, 16 Rd\ / 24 Rd\ मा साइफनहरू नियमित सफा गर्न अनुरोध गरिन्छ । यस समस्याको दीर्घकालीन समाधानका लागि साइफनमा थप ब्यारेल राखेर थप साइफन निर्माण गर्ने वा विद्यमान साइफनको क्षमता बढाउने सम्भाव्यता अध्ययन गर्न पनि अनुरोध पत्रमा उल्लेख गरिएकोछ ।
पश्चिमी नेपाल नहरको कमाण्ड क्षेत्रमा झरही र धनेवा गरी दुईवटा मुख्य खोला छन्। यी दुई खोला भारत–नेपाल सीमानाको माथिल्लो भागमा मिल्छन् । नेपालमा करिब ८० मिटर लम्बाइ भएको पुल छ । भारतीय भू–भागमा बग्दा झरही खोलाको चौडाइ एकदमै कम छ, जसले गर्दा निस्कने क्षमतामा ह्रास आएको छ । घटेको डिस्चार्ज बोक्ने क्षमताले नेपालमा पानीको सतह बढाएर ठूलो क्षेत्रफलमा धानबाली डुबानमा परेको छ । त्यसैले भारतीय भू–भाग खोलाको चौडाई कायम गर्न अनुरोध पत्रमा उल्लेख छ ।
वर्षेनि बाढीले नेपालमा ठूलो क्षेत्रफलको बालीनाली क्षति पु¥याएको छ। सन्धि अनुसार क्षतिपूर्ति रकम गण्डक सन्धिको दफा ३ र ८ बमोजिम द्विपक्षीय बैठकमा प्रमाणसहित २ अर्ब ९३ करोड दाबी गरिएको छ । त्यसैबेला नेपाल सरकारले तत्काल बाढीपीडितलाई उक्त मुआब्जा बापतको रकम दिन समेत भारतिय सरकारसंग सांसद चौधरीले पठाएको पत्रमा उल्लेख गरिएको छ । ( सम्वन्धीत गण्डक क्षेत्रको तस्विर संलग्न छ )

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । न्यूयोर्क संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको अवस्था अत्यन्त भयावह बन्दै गएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ । विशेषगरी महिला र बालबालिकाहरू तीव्र भोकमरीको शिकार भइरहेका छन्, जसका कारण हरेक दिन मानिसहरूको मृत्यु भइरहेका घटनाहरू बढ्दै गएका छन् । संघको मानवीय मामिलाका लागि समन्वय कार्यालय ९ओसीएचए० ले सार्वजनिक गरेको प्रतिवेदनमा […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागबाट यही साउन ३, ४ र ५ गते देशभर अत्याधिक वर्षा भई नदीहरूमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्नसक्ने पूर्वानुमान गरेर जलविद्युत आयोजनामा पूर्वतयारीका लागि पूर्वसूचना दिएपछि इप्पानले प्रेस विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो। इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदानप्रदान गर्ने सम्झौता […]

  काठमाडौं । भारत अभिनेता केही महिनादेखि मिर्गौलाको समस्याबाट पीडित थिए। फिश वेंकट ‘गब्बर सिंह’ र ‘डीजे टिल्लु’ जस्ता चलचित्रका लागि परिचित छन्। फिश वेंकट केही महिनादेखि मिर्गौलाको उपचार गराइरहेका थिए। उनको डायलाइसिस भइरहेको थियो। अभिनेतालाई मिर्गौला प्रत्यारोपण आवश्यक थियो। यस्तै फिश वेंकट आर्थिक संकटको सामना गरिरहेका थिए। उनलाई पवन कल्याण र विश्वक सेनले उपचारका […]

error: Content is protected !!