१६ साउन २०८२, शुक्रबार
01-08-2025 , Fri
×

निजगढको दसगजा क्षेत्रमा वन्यजन्तुको आतंक गाउँलेहरु त्रासित निकुञ्ज बेखबर

Logo
प्रकाशित मंगलबार, पुष १९, २०७९


(ABC-Sanchar)
बारा । निजगढको जंगल नजिकका गाउँमा बाघ पसेर पशुचौपाया खाने, जंगली हात्ती, बँदेल, नीलगाईले बालीनालीमा क्षति पुर्‍याएपछि स्थानीय‍ आतंकित बनेका छन् । पर्सा राष्ट्रिय निकुञ्जसित जोडिएको निजगढ नगरपालिकाको वडा १ र २ सिंगौल गाउँ, वडा नं ११, १२ तथा १३ को रतनपुरी, लाल, कुलिया, डम्बरपुरलगायतका बस्तीमा ५ महिनादेखि बाघसहितका वन्यजन्तुले चौपायाहरु खाइदिँदा स्थानीयमा त्रास फैलिएको हो ।

दुई महिनाअघि निजगढ–काठमाडौं द्रूतमार्ग निर्माणमा खटिएका नेपाली सेनाको ब्यारेकमा समेत बाघ पसेको थियो । निकुञ्जसित जोडिएको उक्त क्षेत्रमा जनज्योति, तपोभूमि र पशुपति सामुदायिक वन छन् । तीनै सामुदायिक वनमा बस्ने जंगली जनावरहरुले आसपासका गाउँ पसेर आतंक मच्चाएको वडा १३ का वडाध्यक्ष सूर्यबहादुर घलानले बताए ।
‘निकुञ्जले बफर प्रतिरोधक छेकबार पनि लगाएको छैन‍ । त्यही भएर बाघ मात्र होइन, हात्ती र अन्य वन्यजन्तुले बालीनाली, केरा खेती नष्ट गर्नेदेखि बाघले यस अवधिमा कम्तीमा २० वटा बाख्रा र एउटा पाडोलाई खाइदिएको हो,’ उनले भने ।

हात्तीले पहिला-पहिला कोल्हवी र रौतहटको जंगल आसपास आतंक मच्चाए पनि अहिले यी क्षेत्रमा सताउने गरेको वडाध्यक्ष घलानले बताए । उनले भने, ‘मानिसलाई समेत कुन बेला के हुन्छ भनेर डर फैलिएको छ,’ त्यसैले वन्यजन्तुलाई रोकथाम गर्न नगरपालिकाका प्रमुख, अन्य जनप्रतिनिधिसहित निकुञ्जका अधिकारीहरुसित स्थानीयहरुबीच निजगढ नगरपालिकामा सोमबार छलफल गरिएको छ ।’ उनले क्षतिपूर्तिका लागि निकुञ्जले पहल गर्नुपर्ने माग गरेका छन् ।

निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले वन्यजन्तुलाई निकुञ्ज क्षेत्रभित्रै राख्न सकिने अवस्था नभए पनि सरकारीस्तरबाट सुरक्षाका उपायबारे योजना बनाउन जरुरी भएको बताए । उनका अनुसार छिमेकी जिल्ला रौतहटमा बाघले मान्छे मारेको र बाराको अमलेखगन्ज तथा कोल्हवी क्षेत्रमा कैयौंपटक मान्छेहरुमाथि आक्रमण भइसकेको छ ।

यस्तै चुरे दोहन तथा वन विनाशले त्यस क्षेत्रमा पानीको स्रोत सुक्दै गएपछि वन्यजन्तुहरु आहार र बासको लागि दसगजा (जंगलको दक्षिणी भाग) तिर गएर मानवसँगै बालीनाली नष्ट गर्न थालेको स्थानीय बताउँछन् । जंगली हात्ती, बँदेल र नीलगाईले हुलसहित पसेर क्षति पुर्‍याउन थालेको उनीहरूको भनाइ छ। ‍‘बिघाको बिघा बाली नष्ट गर्दा वन र निकुञ्जले वास्ता गरेको छैन,’ सिम्रौनगढ नगरपालिका-८ कचोर्वाका कमलेश यादवले भने ।

चुरे र जंगलमा पानीको स्रोत कम भइरहेकोले वन्यजन्तुहरु दसगजा‍तर्फ गइरहेको पर्सा राष्ट्रिय निकुञ्जका अधिकारीहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीले आफ्ना अनलाइन सेवा प्रयोगकर्ताका लागि ठूलो सुविधा ल्याएको छ। अबदेखि नेपाल प्रहरीको डोमेन तथा उप-डोमेनमार्फत सर्वसाधारणलाई प्रदान गरिने अनलाइन सेवाहरू नेपाल टेलिकम (एनटीसी) र एनसेल आजियाटा लिमिटेडको मोबाइल तथा इन्टरनेट नेटवर्कमार्फत निःशुल्क प्रयोग गर्न सकिने भएको छ। नेपाल प्रहरीका अनुसार अब शून्य ब्यालेन्स भएको अवस्थामा पनि नागरिकहरूले प्रहरीका डिजिटल सेवा सहज […]

बाँके । कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारीका अनुसार उक्त अवधिमा जम्मा २९ अर्ब १५ लाख ५९ हजार ७३६ रुपियाँ राजस्व सङ्कलन गरिएको हो। प्रमुख भण्डारीका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २५ अर्ब ९४ करोड १३ लाख ६५ हजार ३६४ रुपियाँराजस्व सङ्कलन भएको थियो। यसअनुसार चालु आर्थिक वर्षमा ३ अर्ब ६ करोड १ […]

काठमाडौँ । महाराजगन्जको साम्बाला होटलमा जन्मदिन मनाउन भेला भएका चक्रे मिलन (मिलन गुरुङ) र उनका सहयोगी गएराति पक्राउ परे । पक्राउ पर्नेमा मिलन र उनका सहयोगी राहुल खड्का सहित ४७ जना छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरूले उनीहरूलाई केही दिनअघिदेखि नै पछ्याएका थिए । केही दिनअघि भक्तपुरमा ३ वटा गाडीले सडक छेकेर हिँडेको […]

error: Content is protected !!