२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

कपिलवस्तुको ठकुरापुरमा बन कर्मचारी र प्रहरीको मिलिमताे काठ तस्करी जारी

Logo
प्रकाशित बुधबार, पुष २०, २०७९


ABC (क्राईमबिट)
कपिलवस्तु । नेपाल भारत सिमामा रहेका संरक्षित जंगल फडानीमा तस्करहरु सक्रिय हुंदा पनि सुरक्षा निकाय लगायत सम्बन्धित निकायले चासाे देखाएका छैन्न ।

भारतकाे बलरामपुर जिल्लामा फैलिएकाे सुहेलवा बन्यजीव अभ्यारणय संरक्षित जंगलकाे भाभर रेन्ज क्षेत्रबाट टीक र कालाेशिशमकाे तस्कारी केही दिनदेखि व्यापक रुपमा हुँदै आएकाे छ । जंगलबाट राति तस्करहरु काठका गाेलिया भारत तिरकाे परसुरामपुर घाट र नरायनापुर घाट हुँदै वारिका गेडुवाजाेत , मानपुर, नरायनापुर गाउंका काष्ठ उद्योगहरु सम्म पुर्याउछन् । विभिन्न संचारमाध्यममा पटक पटक समाचार प्रकाशन भएपनि प्रहरी र ठाकुरापुर बन रेन्ज पाेष्टले कुनै सक्रियता नदेखाएकाले सेटिङ्गमा नै काठ तस्करी भईरहेकाे स्पष्ट छ ।

तस्करहरु बेलुकी काठका गुलिया जंगलबाट ल्याई बार्डरका गाउं वरपरका बगैचा र परालमा लुकाई राख्ने गर्छन । राति ८ देखि ६ बजेभित्र नजिकका काठ उद्योगमा पुर्याइ माेटाे रकम कमाउने गरेकाे स्राेतले बताएकाे छ । काठ तस्करीबारे सुरक्षा निकायपनि अनभिज्ञ छैन्न, प्रहरी चौकी ठकुरापुर , डालपुर सशस्त्र बीओपीकाे क्षेत्र भित्रै अवैधरुपमा काठ भित्रिनु भनेकाे दुई देसबीचमा भएकाे बन्यजन्तु संरक्षण सम्बन्धि सान्धि सम्क्षाैता विपरित कार्य हाे साथै जानि जानि वन्यजीव संरक्षित जंगललाई मास्न पल्केका तस्करहरुमाथि नाकेल कस्न नसकेकाे सेक्टर बन कार्यालय ठाकुरापुरकाे पनि भारत को पचपेड़वा पुलिस मिलिमताे रहेकाे प्रस्ट छ। राति तस्करहरुले परसुरामपुर घाट नजिकै लुकाएर राखेका काठहरु मौका छोपी नेपाल भित्र्याउने गरेका छन्….

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।