२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

निकुञ्जमा सांसद जयसवालका चालक सिकारीको सामनसहित नियन्त्रणमा

Logo
प्रकाशित बुधबार, पुष २०, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । गत पुस ४ गते पर्सा राष्ट्रिय निकुञ्जमा भएको वन्यजन्तु चोरी शिकारीको घटनामा संलग्न थप एक जना पक्राउ परेका छन् । उक्त घटनामा संलग्न रहेको आरोपमा सांसद प्रमोदकुमार जयसवालका चालक सलिम मियाँ अन्सारी निकुञ्जले नियन्त्रणमा लिएको हो ।

निकुञ्ज आडमै रहेको प्रदेश सांसद प्रमोदकुमार जयसवालको घरबाट सखुवा प्रसौनी-१ का ३७ वर्षीय झापस दास थारु, ४४ वर्षीय विशाल सहनी, काभ्रे साँगा ६ का ५० वर्षीय दामोदर अधिकारी, धादिङ गंगाजमुना २ का ५२ वर्षीय म्लाङ दोङ तामाङलाई मृत हरिणसहित अवैध हातहतियारसहित नियन्त्रणमा लिएको थियो । वन्यजन्तुको अवैध सिकार तथा तस्करीमा प्रदेश २-०३००१ च ३०९७ नम्बरको सेतो जिप प्रयोग भएको थियो ।

अवैध रूपमा सिकार गरेर मारिएको जरायो सोही गाडीमा तस्करहरूले हालेर भाग्दै निकुञ्जका सुरक्षाकर्मीलाई लक्षित गरेर गोली हानेर भागेका थिए । जवाफी फायरसङमा उक्त गाडीको टायरमा गोली लागेपछि जङ्गल आडैमा रहेको सखुवा प्रसौनी गाउँपालिका–१ स्थित अकुनिया गाउँमा गाडी रोकेर भागेका थिए ।

उनीहरू गाडीलाई बीच बाटोमै छाडेर अवैध तस्करीमा सेल्टरको रूपमा प्रयोग हुँदै आएको सांसद जयसवालको घर गएका थिए । उक्त घरबाट उनीहरुसहित चोरी सिकार गर्न प्रयोग हुने बन्दोबस्तीका सामान र हतियारसहित जरायोको सिंहसहितको टाउको र हातहतियार बरामद भएको थियो ।

निकुञ्जका वार्डेन अशोक रामका अनुसार सांसद जयसवाल बयान दिन निकुञ्ज कार्यालय आएको बेला चालक मियाँलाई नियन्त्रणमा लिइएको थियो ।

उक्त घटनामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न देखिएका हालसम्म ८ जनाको बयान लिइएको रामले जानकारी दिए । सांसद जयसवालसहित उनका भाइ एवं सखुवा प्रसौनीका पूर्व गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले बयान दिएका छन् । उनीहरूले आफूलाई निर्दोष रहेको दाबी गर्दै बयान दिएको निकुञ्ज स्रोतले बताएको छ ।

तस्करीमा प्रयोग भएको बन्दुक वाग्मती प्रदेशअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ५ (२) का सांसद श्याम खड्काको भएको खुल्न आएको छ । तस्करीको घटनामा सांसद खड्काको नाम पनि जोडिएपछि निकुञ्जले पत्र काटेर बयान दिनका लागि बोलाएको छ । उनी बुधबार दिउँसोसम्म बयान दिन आइपुगेका छैनन् ।

सांसद खड्काको अकुनिया गाउँमा निजी रूपमा माछा फार्म सञ्चालन गरेको स्रोतले बताएको छ । हाल निकुञ्ज कार्यालय बरामद भएका समानाहरु भेरिफिकेसनका गरिरहेको छ । यस्तै, घटनामा संलग्न देखिएका सबैको बयान लिने काम भइरहेको छ ।

पर्सा निकुञ्जमा भएको वन्यजन्तुको अवैध चोरीसिकारीको घटनामा रंगेहात पक्राउ परेका नेपाली सेनाका पूर्व हवल्दार दामादोर अधिकारीको अस्वभाविक कारोबार देखिएको छ ।

उनको बैङ्क खातामा अस्वभाविक रूपमा लाग्ने कागज प्रमाण समेत फेला परेकाले उनको खाता सिज गर्नुपर्ने र सबै कारोबार बन्द गर्नुपर्ने निष्कर्ष अनुसन्धान टोलीले निकालेको छ । अधिकारीबाट अनुसन्धान टोलीले विभिन्न बैङ्कको चेकसमेत बरामद गरेको छ ।

निकुञ्ज टोलीले पक्राउ परेकाहरूबाट २ लाख ९२ हजार नगदसमेत बरामद गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!