२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

अवैधानिक क्रसर उद्योग बन्द गर्न सबै जिल्ला प्रशासन कार्यलयलाई परिपत्र

Logo
प्रकाशित बुधबार, पुष २०, २०७९

गृह मन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गर्न सबै जिल्ला प्रशासन कार्यलयलाई परिपत्र गरेको छ।

बुधबार सबै प्रशासन कार्यालयलाई परिपत्र गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।

प्रचलित कानुन विपरित ढुंगा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहन कार्यलाई नियमन गर्न वातावरण संरक्षण ऐन २०७६ को पालना गर्न भनिएको छ।

यस्तै अदालतबाट जारी भएको आदेश समेतको कार्यान्वयन आवश्यक देखिएको भन्दै गृहले सबै प्रशासनलाई परिपत्र गरेको हो।

कानुन विपरित दर्ता नगरी तथा नविकरण लगायत संचालन अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगलाई तत्काल बन्द गर्न पनि प्रशासनलाई निर्देशन दिएको हो।

आयोजनाको समायवधि समाप्त भएपछि पनि उत्खनन् गरिरहेको भएमा छानविन गरी तत्काल बन्द गर्न भनिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (साउन २८, बुधबार) देशका कुन-कुन ठाउँमा बाढी आउने र जोखिम निम्तिने सम्भावना छ भनेर जानकारी दिएको छ। बाढी महाशाखाका अनुासर आज बिहान मापन गर्दा कोसीको सहायक नदी, महाकाली र बबई नदीको बहाव सतर्कता तह आसपास छ भने नारायणी, बागमती, कर्णाली, कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको […]

काठमाडौं । निर्वाचन आयोगले एक समूहले गरेको राष्ट्रिय भेला वैधानिक नभएको ठहर गर्दै लालवीर चौधरीको दाबी अस्वीकृत गरेको हो । यसअघि चौधरी नेतृत्वको समूहले राष्ट्रिय भेला मार्फत श्रेष्ठलाई हटाई आफूलाई अध्यक्ष तोकेको घोषणा गर्दै अद्यावधिकका लागि आयोगमा निवेदन दिएको थियो । तर आयोगले राजनैतिक दलसम्बन्धी ऐन र नाउपाको विधानको अध्ययन, दुवै पक्षको लिखित जवाफ तथा […]

चितवनमा नापी कार्यालयका प्रमुख लम्साललाई नेकपा बहुमतका कार्यकर्ताले दले कालो मोसो चितवन । खैरहनी नगरपालिकाभित्र रहेको नापी कार्यालयका प्रमुख शालिकराम लम्साललाई नेकपा (बहुमत) खैरहनीले कार्यकक्षमै कालो मेसो लगाएर कारवाही गरेको छ । उनले सेवाग्राहीबाट घुस असुल्ने गरेको, माफियाहरुलाई सहयोग गरेको लगायतका आरोप लगाएको छ ।

error: Content is protected !!