२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

अवैधानिक क्रसर उद्योग बन्द गर्न सबै जिल्ला प्रशासन कार्यलयलाई परिपत्र

Logo
प्रकाशित बुधबार, पुष २०, २०७९

गृह मन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गर्न सबै जिल्ला प्रशासन कार्यलयलाई परिपत्र गरेको छ।

बुधबार सबै प्रशासन कार्यालयलाई परिपत्र गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।

प्रचलित कानुन विपरित ढुंगा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहन कार्यलाई नियमन गर्न वातावरण संरक्षण ऐन २०७६ को पालना गर्न भनिएको छ।

यस्तै अदालतबाट जारी भएको आदेश समेतको कार्यान्वयन आवश्यक देखिएको भन्दै गृहले सबै प्रशासनलाई परिपत्र गरेको हो।

कानुन विपरित दर्ता नगरी तथा नविकरण लगायत संचालन अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगलाई तत्काल बन्द गर्न पनि प्रशासनलाई निर्देशन दिएको हो।

आयोजनाको समायवधि समाप्त भएपछि पनि उत्खनन् गरिरहेको भएमा छानविन गरी तत्काल बन्द गर्न भनिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।