०४ भाद्र २०८२, बुधबार
20-08-2025 , Wed
×

धनगढीमा पक्राउ परे एक युवा

Logo
प्रकाशित बिहिबार, पुष २१, २०७९

कैलालीमा विभिन्न व्यक्तिहरूलाई ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले दार्चुला लेकम गाउँपालिका-१ बस्ने ३५ वर्षीय पदमराज भट्टलाई पक्राउ गरेको हो। उनलाई बिहीबार बिहान धनगढी उपमहानगरपालिका-३ बाट पक्राउ गरेको हो।

प्रहरीकाअनुसार उनी ठगीका ‘नटवरलाल’ हुन्। कैलाली, कञ्चनपुर लगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा उनले थुप्रैलाई ठगी गरेको प्रहरीको भनाइ छ।

उनीविरूद्ध थुप्रै उजुरीहरू आएपछि प्रहरीले उनको खोजी गरी पक्राउ गरेको हो।

कैलालीका एसपी देवेन्द्र पालका अनुसार उनी भाडाका गाडी चढ्थे। भाडामा लिएको गाडी र नयाँ कपडाहरू लगाएर उनले विभिन्न व्यक्तिहरूलाई लोभ्याउने गर्थे।

‘सुरूमा बैंक तथा संघ संस्थाको हाकिम हुँ भनेर लोभ्याउने रहेछन्। महंगा गाडीहरू भाडामा लिने, आफू ठूलो मान्छे हुँ भनेर प्रस्तुत हुने देखियो,’ एसपी पालले भने।

एसपी पालका अनुसार उनले एकल महिलाहरूलाई निशानामा राख्थे। उनी आफैं ठूलो मान्छे हुँ भन्ने विभिन्न बहाना बनाएर उनले ती महिलाहरूसँग नजिकिन्थे।

‘विश्वास दिलाएपछि उनले ती महिलाहरूसँग विवाहको नाटक समेत गर्ने गरेको देखियो। यसो गरेपछि उनले ती महिलाहरूको विभिन्न अश्लिल भिडिओहरू समेत बनाउने र फकाएर हुन्छ कि कसरी हुन्छ पैसा लिने गरेको भेटियो,’ उनले भने, ‘त्यसपछि पैसा लिएर फरार हुने उनको प्रकृति देखियो। २,४ लाख जति भेट्छ त्यति ठग्ने गर्थे।’

यसैगरी उनले थुप्रैलाई ठगी गरेको प्रहरीको भनाइ छ। यद्यपि अहिलेसम्म कति जनालाई उनले ठगीसकेको यकिन विवरण नभएको एसपी पालले बताए।

कार्यालयमा जाहेरी आउने क्रम जारी नै रहेको उनले बताए। कैलालीमा मात्रै नभएर कञ्चनपुरमा समेत उजुरी परेको छ।

उनी ठगी मुद्दामा यसअघि पनि पक्राउ परिसकेका व्यक्ति हुन्। एसपी पालका अनुसार यसअघि पनि दुई वर्ष ठगी मुद्दामा जेल समेत बसिसकेका छन्।

उनीबाट पीडित भएका कोही भए प्रहरीको सम्पर्कमा आउन पनि कार्यालयले अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!