२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङमा एसपी वली आएपछी हत्याको आरोपमा २ वर्षपछि युवाहरु धमाधम पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष २१, २०७९


(सागर थापा) दाङ । ब्यक्ति हत्याको आरोपमा दाङ प्रहरीले दुई वर्षपछि एक जना अभियुक्तलाई पक्राउ गरेको छ दाङ । घोराही १ रामपुर वुका निवासि माधव पाण्डेका छोरा निराजन पाण्डेको हत्याको आरोपमा मुख्य योजनाकारसहीत आफै संलग्न रहेको प्रहरीमा जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय दाङले घोराही १ वुकावाट गोविन्द घर्तिलाई पक्राउ गरेको छ । निराजनका वुवा माधवले आफ्नो छोराका हत्यामा गोविन्द आफै संलग्न भएको जाहेरी दिएपछि उनिमाथि अनुसन्धान गर्न प्रहरीले दुई वर्षपछि पक्राउ गरेको हो । विशेष सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालय दाङवाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिए । दुई वर्ष अगाडि गोविन्दले आफै नै आफ्नो छोराको हत्या गरेको पिडित निराजनका वुवा माधबले बताए । उनले यसपालि आफुले न्याय पाउने विश्वास ब्यक्त गरे । गोविन्दसहीत स्थानिय केही युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि अनुसन्धान गरेर पक्राउ परेका केही युवाहरुलाई छाडेको छ । भने गोविन्दमाथि घटना वारे थप अनुसन्धानका लागि प्रहरीले हिरासत राखेको दाङ प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दाङमा प्रहरी प्रमुख एसपी वीर बहादुर वली आए देखि अपराधीक घटना लागूऔषध चोरी निकासी नदिजन्य फरार अपराधीहरु धमाधम पक्राउ लगाएत सबै नियन्त्रणमा आएको नागरिकहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]