०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

दाङ प्रहरीले लागूऔषध ब्राउनसुगरसहित ३ जना युवाहरु पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष २१, २०७९


(सागर थापा)
दाङ । घोराही उप-महानगरपालिका वडा नं १८ नवलपुर स्थित फुटबल ग्राउण्ड नजिक शंकास्पद रुपमा हिडिरहेको अवस्थामा यस जिल्ला प्रहरी कार्यालय दाङ बाट खटिएको प्रहरी टोलीले ऐ.४ सुनपुर बस्ने बर्ष १९ को बिक्रम भण्डारीको शरिर खानतलासी गर्दा निजको साथ बाट लागु औषध जस्तो देखिने खैरो पदार्थ (ब्राउन सुगर) प्लास्टिक सहित तौल गर्दा १.०१ ग्राम र प्लास्टिक हटाई तौल गर्दा ८५० मिली ग्राम, फेला पारी नियन्त्रणमा लिई अदालतबाट म्याद थप भएको ।
पुस २१ गते अन्दाजी १४:०० बजे जिल्ला दाङ लमही न.पा. वडा नं.४ अर्नवा स्थित जि.दाङ गढवा गा.पा.६ बस्ने वर्ष २८ को मनोज कुमार यादव र ऐ.बस्ने वर्ष २१ को बिशाल परियारको साथमा लागु औषध राखेको भन्ने गोप्य सुचनाको आधारमा व.प्र.का.लमही बाट प्र.नि.पुष्पराज थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले निज दुबै जनालाई नियन्त्रणमा लिई रित पुर्वक खानतलासी गर्दा मनोज कुमार यादवले लगाएको सेतो कालो किरिमिरे ज्याकेटको साईडको दाहीने खल्तीमा कालो प्लाष्टिकमा राखेको तत्काल प्लाष्टिक सहित तौल गर्दा ५.३२ ग्राम र प्लाष्टिक हटाई हेर्दा गिलो अबस्थामा रहेको लागु औषध जस्तो देखिने (ब्राउन सुगर) पदार्थको मात्र तौल गर्दा ४.८१ ग्राम तौल भएको लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ फेला पारी बरामत गरी दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको दाङ प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कीर्तिपुर नगरपालिका-१ ट्याङ्ला फाँटमा बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो । उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान सुरु भएको छ ।

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

error: Content is protected !!