२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

वरिष्ठ एसएसपी शाह जिल्ला प्रहरी अर्घाखाँचीको निरीक्षण भ्रमणमा

Logo
प्रकाशित बिहिबार, पुष २१, २०७९


(सागर थापा) अर्घाखाँची । नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी शिद्धी बिक्रम शाहले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धमा भए/गरेको कार्य तथा योजनाको अनुगमन तथा निरीक्षण गरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई विशेष गरी अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धमा हुने गरेका कमी कमजोरी तथा परिस्कृत कानूनी प्रावधानहरू एवम् जनमुखी प्रहरी सेवा प्रवाह सम्बन्धमा अमूल्य निर्देशन दिनुभएको छ । साथै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी मुकुन्द प्रसाद रिजालले अर्घाखाँची जिल्लाको अपराधको अवस्था तथा जिल्ला प्रहरी कार्यालय अर्घाखाँची बाट अपराध अनुसन्धान तथा नियन्त्रणमा भए गरेका प्रयासहरूका सम्बन्धमा प्रस्तुतिकरण गर्नु भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवनमा नापी कार्यालयका प्रमुख लम्साललाई नेकपा बहुमतका कार्यकर्ताले दले कालो मोसो चितवन । खैरहनी नगरपालिकाभित्र रहेको नापी कार्यालयका प्रमुख शालिकराम लम्साललाई नेकपा (बहुमत) खैरहनीले कार्यकक्षमै कालो मेसो लगाएर कारवाही गरेको छ । उनले सेवाग्राहीबाट घुस असुल्ने गरेको, माफियाहरुलाई सहयोग गरेको लगायतका आरोप लगाएको छ ।

नेपाल प्रहरीका ९ जना एसपीको सरुवा काठमाडौं । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो । तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीको १३ जना डिएसपीको पदस्थापन काठमाडौं । मंगलबार प्रहरी महानिरीक्षकको निर्णयाअनुसार हालै बढुवा भएका उनीहरुको पदस्थापन गरिएको हो । साउन २१ गतेबाट लागू हुने गरी डीएसपीहरुलाई प्रचलित नियमानुसार तलब, भत्ता खान पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

error: Content is protected !!