२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

वरिष्ठ एसएसपी शाह जिल्ला प्रहरी अर्घाखाँचीको निरीक्षण भ्रमणमा

Logo
प्रकाशित बिहिबार, पुष २१, २०७९


(सागर थापा) अर्घाखाँची । नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी शिद्धी बिक्रम शाहले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धमा भए/गरेको कार्य तथा योजनाको अनुगमन तथा निरीक्षण गरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई विशेष गरी अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धमा हुने गरेका कमी कमजोरी तथा परिस्कृत कानूनी प्रावधानहरू एवम् जनमुखी प्रहरी सेवा प्रवाह सम्बन्धमा अमूल्य निर्देशन दिनुभएको छ । साथै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी मुकुन्द प्रसाद रिजालले अर्घाखाँची जिल्लाको अपराधको अवस्था तथा जिल्ला प्रहरी कार्यालय अर्घाखाँची बाट अपराध अनुसन्धान तथा नियन्त्रणमा भए गरेका प्रयासहरूका सम्बन्धमा प्रस्तुतिकरण गर्नु भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]